कोरोना अपडेट : पछिल्लो २४ घण्टामा २ हजार १ सय ६९ जनामा संक्रमण पुष्टि, २२ जनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, २६ असार २०७८, १६ : ५४
कोरोना अपडेट : पछिल्लो २४ घण्टामा २ हजार १ सय ६९ जनामा संक्रमण पुष्टि, २२ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार १ सय ६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

यस्तै २२ जनाले सोही अवधिमा ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १० हजार ४१७ जनामा कोरोना परीक्षण भएकामा २१६९ जनामा संक्रमण पुष्टि भएको हो।  
यस्तै बितेको २४ घण्टामा १४३२ जना संक्रमणमुक्त  भएका छन् । 

यससँगै देशभर कोरोना निको हुनेको संख्या ६ लाख १६ हजार ३६१ पुगेको छ भने संक्रमितको कुल संख्या ६ लाख ५४ हजार २१२ (पीसीआर) र ४३ हजार ४५ (एन्टिजेन) पुगेको छ । यस्तै हालसम्म मृतकको संख्या ९ हजार ३६२ पुगेको छ ।