काठमाडौं । नेकपा एमालेभित्रको विवाद समाधान गर्नका लागि गठन भएको कार्यदलको बैठक सुरु भएको छ । केही दिनयता कार्यदलको बैठक लगातार बस्दै आएको छ ।
विहीबार साँझ माधव नेपाल पक्षका नेताहरु आक्रोशित बनेपछि आज अध्यक्ष केपी शर्मा ओली पक्ष केही नरम रुपमा प्रस्तुत भएको छ । शुक्रबार बिहानैदेखि दुई पक्षका कार्यदल सदस्यहरुबीच अनौपचारिक छलफलमा जुटेका थिए ।
आज बस्ने कार्यदलको बैठकमा सहमति जुटेपछि फेरि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच होटल मेरियटमा भेट वार्ता हुने र दुई नेताबाट संयुक्त वक्तव्य जारी हुन सक्ने एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ असार २०७८, १३ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपा एमालेद्वारा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता प्रदान गर्ने निर्णय
प्रतिनिधि सभा बैठक सुरु हुनासाथ नेकपा एमालेको अवरोध
एमालेले गर्यो प्रदेश कमिटी र विभागमा मनोनयन, को-को परे ? (सूचीसहित)
२५ बुँदे साझा प्रतिबद्धता पारित गर्दै एमाले वाग्मती प्रदेश कमिटीको प्रशिक्षण सम्पन्न