ट्रम्पद्वारा फेसबुक, ट्वीटर र गुगलविरुद्ध रिट दर्ता , संस्थापकलाई कारबाहीको माग

एजेन्सी

विहीबार, २४ असार २०७८, १५ : ०२
ट्रम्पद्वारा फेसबुक, ट्वीटर र गुगलविरुद्ध रिट दर्ता , संस्थापकलाई कारबाहीको माग

एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल फेसबुक, गुगल र ट्वीटरविरुद्ध रिट दर्ता गरेका छन । मियामीस्थित जिल्ला अदालतमा ट्रम्पले फेसबुक, गुगल र ट्वीटरले आफ्नो स्वतन्त्रताको हमा प्रतिबन्ध लगाएको भन्दै रिट दर्ता गरेका हुन।

रिटमा फेसबुकका संस्थापक मार्क जुकरबर्ग, ट्वीटरका जैक डोर्सी र गुगलका संस्थापक सुन्दर पिचईलाइ हदैसम्मको कारबाहीको माग गरिएको छ ।मुद्दाको फैसला आफनो पक्षमा आउने दाबी गर्दै ट्रम्पले मुद्दाले अमेरिकी इतिहासमा फ्रिडम अप स्पीचको जित हुने विश्वास व्यक्त गरेका छन ।

यी तीनवटा सामाजिक सञ्जालहरुले ट्रम्पको एकाउन्टमाथि प्रतिबन्ध लगाएको थियो ।गत जनवरी ६ मा अमेरिकाको राजधानी वासिङ्टन डिसीस्थित संसद् भवन क्यापिटोल हिलमा भएको हिंसात्मक झडप भड्काउने किसिमका अभिव्यक्ति दिएको भन्दै फेसबुक, ट्वीटर र युट्युबले ट्रम्पको एकाउन्टमा अस्थायी र स्थायी प्रतिबन्ध लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस