तालिबानसँग लड्न तयार छौँ भन्दै हतियार लिएर निस्किए अफगानी महिला

एजेन्सी

विहीबार, २४ असार २०७८, १२ : ३१
तालिबानसँग लड्न तयार छौँ भन्दै हतियार लिएर निस्किए अफगानी महिला

अफगानिस्तान । अमेरिकी नेतृत्वमा रहेको नेटो सेनाले अफगानिस्तानबाट बाहिरिने क्रमसँगै तालिबानले गतिविधि बढाइरहेको छ । अफगानिस्तानका थुप्रै भू–भागमा कब्जा जमाइरहे छ ।

तालिबानको विरोधमा अफगानी महिलाहरु हतियारसहित सडकमा निस्किएका छन् । दी गार्जियन्समा प्रकाशित खबर अनुसार हतियार हातमा दिएर सयौँको संख्यामा सडकमा महिलाहरु उत्रिएका छन् । उनीहरु तालिबानको विरोधमा नारा लगाउँदै सडकमा उत्रिएका हुन् । 

महिलाहरुको सबैभन्दा ठूलो प्रदर्शन मध्य घोर प्रान्तमा भएको छ । प्रदर्शनमा सहभागी महिलाहरु मध्ये केहीले तालिबानविरुद्ध लड्न सुरक्षा प्रेरित गर्न चाहेको बताएका थिए । केहीले भने आफू तालिवानविरुद्ध लड्न  युद्ध मोर्चामै जान तयार रहेको बताएका थिए । 

उनीहरुले घोर प्रान्तका गभर्नर समक्ष आफूहरु तालिबानसँग लड्न तयार जानकारी दिएको बताएका छन् । उनीहरुलाई केही पुरुषहरूले समेत साथ दिएका थिए ।

अफगानिस्तानका अधिकांश ग्रामिण क्षेत्रमा कब्जा जमाइरहेको तालिबान अब प्रान्तीय राजधानी तिर आँखा लगाइरहेको छ । 

प्रतिक्रिया दिनुहोस