एमाले नेताद्धय विष्णु पौडेल र भीम रावल बिच भेटवार्ता

सफल खबर संवाददाता

विहीबार, २४ असार २०७८, १० : ४८
एमाले नेताद्धय विष्णु पौडेल र भीम रावल बिच भेटवार्ता

काठमाडौं । नेकपा (एमाले) का नेताद्वय विष्णुप्रसाद पौडेल र भीम रावल छलफलमा जुटेका छन् । उनीहरु बिच आज बिहान ९ बजेदेखि सिंहदरबारस्थित अर्थ मन्त्रालयमा  भेटवार्ता जारी रहेको स्रोतले जानकारी दियो ।

एमाले कार्यदलको बैठकअघि नेताद्वय छलफलमा जुटेका हुन् । कार्यदलको बैठक ११ बजे बस्दै छ । एमालेको विवाद समाधान गर्न दोस्रो तहका नेताहरु सक्रिय बनेका हुन् । यसअघि, बुधबार राति अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच वार्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस