काठमाडौं । जनता समाजवादी पार्टी जसपाको विवाद निरुपण गर्न निर्वाचन आयोगले इजलास गठन गरेको छ ।
आयोग पदाधिकारीहरुको बुधबार बसेको बैठकले प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको छ । साथै सुनुवाका लागि आगामी साउन ३ गते आइतबार दुबै पक्षलाई बोलाउने निर्णय भएको छ । यदि कानुन व्यवसायी राख्ने भए साथै ल्याउन भनिएको छ ।
जसपाको उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार पार्टीको आधिकारिता विवाद टुंग्याउन माग गर्दै आयोगका निवेदन दिएको थियो ।
ऐनअनुसार दुबै पक्षलाई बोलाएर सहमति जुटाउने प्रयास असफल भएपछि सुनुवाइ प्रक्रिया थालिएको एक आयुक्तले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ असार २०७८, १५ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभा निर्वाचनमा भाग लिन एमालेले निर्वाचन आयोगमा गरायो दल दर्ता
निर्वाचनमा विद्यालय र बालबालिकाको प्रयोग नगर्न आग्रह
६ लाख २० हजार नयाँ मतदाता थपिए
अब प्रचारमा चुनाव चिह्न अंकित कपडा प्रयोग गर्न नपाइने
नेकपा दर्तासँगै दलको संख्या १२२ मा झर्यो, राष्ट्रिय जेन-जी पार्टीको निवेदन फिर्ता
नयाँ दल दर्ताको लागि निर्वाचन आयोगले दिएको समय आज सकिँदै