काठमाडौं । वर्षायामसंगै लगातार पानी पर्दै आएको छ । पानी परेसँगै केही नदीहरुमा पानीको सहत बढेको छ ।
२, ३ दिन पानी पर्न केही कम भएपनि आजदेखि यही असार २५ गतेसम्म नारायणी र यसका सहायक नदीहरू विशेषगरी बूढीगण्डकी, त्रिशूली, मर्स्याङ्दी, कालीगण्डकीलगायतमा पानीको बहाव उल्लेख्य बढ्नेछ । केहीमा सतर्कता तर पार गर्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै, सप्तकोसी र यसका सहायक नदीहरू सुनकोसी, भोटेकोसी, तामाकोसी, दूधकोसी, अरुण तमोरलगायतमा बहाव बढ्नेछ । केहीमा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ ।
तिनाउ, कन्काई, कमला, वाग्मती र यिनका सहायक नदीहरूमा पनि बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । नदी तटीय तथा डुबान भइरहने क्षेत्रहरूमा विशेष सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ असार २०७८, ०९ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यी नदीमा आज आकस्मिक बाढीको उच्च जोखिम
देशका प्रमुख नदीमा बहाव बढ्दो
यी नदीमा पानीको बहाव बढ्ने, सतर्कता अपनाउन आग्रह
यी जिल्लाका नदी र खोलामा छ बाढीको जोखिम
नौ वर्षपछि दोदा नदीको पुल निर्माणले गति लिँदै
आज यी नदीहरूको बहाव बढ्न सक्ने