म्याग्दीमा खहरे खोलामा आएको बाढीले घर बगाउँदा दम्पत्तीको मृत्यु

सफल खबर संवाददाता

बुधबार, २३ असार २०७८, ०८ : १४
म्याग्दीमा खहरे खोलामा आएको बाढीले घर बगाउँदा दम्पत्तीको मृत्यु

म्याग्दी । म्याग्दीमा खहरे खोलामा आएको बाढीले घर बगाउँदा एक दम्पत्तीको मृत्यु भएको छ । मंगलबार राति आएको बाढीले मंगला गाउँपालिका–५ छिस्वाङस्थित खहरे खोलामा आएको बाढीले घर बगाउँदा दम्पतीको मृत्यु भएको हो ।

बगाएकै घरमा पसल चलाउँदै आएका मालिका गाउँपालिका–६ रातोढुंगाका २२ वर्षीय गजिन रोका र उनकी श्रीमती १९ वर्षीया विना रोकालाई बगाएको जिल्ला प्रहरी कार्यालयका म्याग्दीले जनाएको छ।

उनीहरूको शव घरदेखि केही तल म्याग्दी खोला किनारमा फेला परेको प्रहरीले जनाएको छ । बाढीले छिस्वाङमा अन्य केही घरमा पनि क्षति पुर्‍याएको छ । त्यसै गरी रातभरको वर्षापछि बेनी–दरवाङ, बेनी–जोमसोम र बेनी–बाग्लुङ सडकमा दर्जनौं साना–ठूला पहिरो झरेकाले यातायात अवरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस