काठमाडौं । बर्दियाको मधुवन नगरपालिका–३ भगरैयामा एक वृद्धको बाघको आक्रमणबाट मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार भगरैयाका ६७ वर्षीय चित्रबहादुर खत्रीको शव स्थानीय सम्झना सामुदायिक वनमा भेटिएको छ । घाँसपात र दाउरा गर्न सामुदायिक वनभित्र गएका खत्रीमाथि बाघले आक्रमण गरेको थियो ।
खत्रीको शव आज दिउँसो ११ बजे फेला परेको भगरैयाका सशस्त्र प्रहरी निरीक्षक अस्मिन थापा मगरले बताउनुभयो । योसँगै चालू आर्थिक वर्षमा बर्दियामा बाघको आक्रमणबाट १२ जनाको ज्यान गएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २१ असार २०७८, २२ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु