कोरोना विरुद्धको खोप ल्याउने नाममा चरम राजनिति

सफल खबर संवाददाता

सोमबार, २१ असार २०७८, १० : १७
कोरोना विरुद्धको खोप ल्याउने नाममा चरम राजनिति

काठमाडौं । प्रधानमन्त्री केपी ओली सत्ता जोगाउनकै लागि आफ्नो स्वार्थमा केन्द्रित बन्दै गएपछि नेपाली नागरिकले कोरोना महामारीमा समेत कुनै पनि प्रकारको राहत पाउन सकेनन् । खान नपाउनेहरु भोक भोकै बस्न बाध्य भए । रोजगारी खोसिएकाहरु पटुका कसेर तातोपानीको भरमा प्राण धान्न बाध्य भए । खोप ल्याउने विषय भाषणका लागि राम्रै चर्चाको विषय बन्न पुग्यो । तर, ओली नेतृत्वको कामचलाउ सरकारले न त खोप ल्याउन सक्यो, न त निजी क्षेत्रलाई नै खोप ल्याउने अनुमति नै दियो ।

अनुमति पाएकाले समेत कमिसनको मात्रा र प्रतिशत नमिल्दा खोप आयात गर्ने विषय विवादको घेरामा प¥यो । तत्कालीन स्वास्थ्यमन्त्रीका भानुभक्त ढकालले कोरोना खोपको नाममा जसरी भएपनि पैसा कमाउनुपर्छ भन्नेमा ध्याउन्न थियो । जे जति फाइल मन्त्रालय पुग्थे, ती सबैमा पैसा नै देख्ने, पैसा दिए सहज रुपमा काम गरिदिने, पैसा नदिए महिनौ दिनसम्म रोकेर राख्ने अवस्था समेत देखा प¥यो । नेपालमा दोस्रो लहरको कोभिड–१९ संक्रमण गत वर्षको चैत अन्तिम सातादेखि फैलियो । आम मानिसले खोपको प्रतिक्षा गरे ।

ओली सरकार र उनका मन्त्री विचौलियासँग मिलेर कमिसन पड्काउन लागिपरे । स्वास्थ्य सामग्री खरिदमा भएको नांगो भ्रष्टाचार त्यसैको उपज थियो । स्वास्थ्य सामग्री खरिद, अस्पतलाको सामान खरिद तथा अत्यावश्यक सेवामा समेत कसरी आफ्नालाई पार्न सकिन्छ र कसरी पैसा छाप्न सकिन्छ भन्ने ध्याउन्नमा मात्रै लागिपरेको तथ्य आम नागरिकमा जहजाहेर नै भएको विषय छ । गत वैशाखको अन्तिम सातादेखि अस्पतालको बेड भरिने र अक्सिजनको अभावसमेत भएको थियो । सुरुवाती दिनमा दैनिक करिब दुई सयको हाराहारीमा संक्रमितको मृत्यु हुन्थ्यो । हालसम्म नौ हजार भन्दा बढी संक्रमितको मृत्यु भइसकेको छ ।

तर, ओलीलाई यत्रो मात्रामा नागरिक मरेमा कुनै पश्चात छैन, कुनै दुःख मनाऊ पनि छैन । किनकी, राज्य त नागरिकता दिएर सबै दायित्वबाट विमखु भएर बसेको छ । कोरोनाले मरेका नागरिकको टाउको गनेर ओली र उनको राज्ययन्त्र मस्त भइरहेको जानकारहरुको भनाइ छ ।  पछिल्लो समय खोप लगाएका भन्दा पनि नलगाउनेको मृत्युदर बढी रहेको छ । खोपको सर्वत्र माग रहँदा नेपालले भारतबाट खरिद गरेको र विभिन्न खोप कार्यक्रम अन्तर्गत पाउनुपर्ने खोप समेत पाएको छैन । यसमा सरकार पूर्ण रुपमा असफल भएको छ । हुकम डिष्ट्रिब्युटर्स, लोमस फर्मा र इमाराल्ड फर्माले खोप आयात र बिक्री वितरणको अनुमति पाइसकेका छन् ।

यी सबै ओली निकट व्यापारीका कम्पनी हुन् । यी कम्पनीमा ओली निकटका व्यापारी मात्रै नभई इश्वर पोखरेल, भानुभक्त ढकाललगायतको हिस्सेदारी रहेको छ । कोहीमा बालुवाटारको प्रत्यक्ष संलग्नता देखिन्छ भने कोहीमा बालुवाटार निकट व्यापारी नै रहेका छन् ।  हुकमले भारतको सेरम इन्स्टिच्युटबाट उत्पादित ‘कोभिशिल्ड’, लोमसले रसियाले निर्माण गरेको ‘स्पुतनिक–भी’ र इमाराल्डले बायोटेक इण्डियाको ‘कोभ्याक्सिन’ खोप ल्याउन अनुमति पाएका थिए । तर, खोप आयातको अनुमति पाएको करिब दुई महिना भइसक्दा समेत तीनैवटा कम्पनीले खोप आयात गर्न सकेका छैनन् ।

यसमा सरकार पूर्ण रुपमा असफल भएको स्वयम निवर्तमान स्वास्थ्यमन्त्री ह्दयेश त्रिपाठीले नै खुलासा गरिसकेका छन् । कमिसनको चक्कर नमिलेका कारण खोप आउन नसकेको उनको भनाइ छ । कमिसनको चक्कर नमिलेको भन्नुको पछाडि बालुवाटार, व्यापारी र खोप उत्पादकबाट पाउने कमिसनको सौदाबाजी नमिलेको भन्नु हो । कोभिड महामारीको समयमा सरकारले तीन निजी कम्पनीलाई खोप आयात गर्ने अनुमति दिए पनि बिचौलियाको काम गर्न खोज्दा निजीले खोप आउन सक्ने सम्भावना टर्दै गएको छ । संविधान मिचेर प्रतिनिसभा विघटन गरेको ओलीले राष्ट्रपति मार्फत खोपको राजनीति गरेका थिए । तर, त्यस्तो खोक्रो राजनीति र कुटनीतिक प्रयास आफैमा देखाउनका लागि नै थियो । चीनले मात्रै तत्कालका लागि १० लाख डोज थप खोप उपलब्ध गराइदियो ।

त्यसबाहेक अन्य कुनै पनि मुलुबाट खोप आउन सकेन । सन् २०२१ भित्र खोप उपलब्ध नै गराउन नसक्ने खोप उत्पादक देशको प्रतिक्रिा नै आइसकेको छ । स्वास्थ्य मन्त्रालय मातहतको स्वास्थ्य सेवा  विभागले विभिन्न मुलुकले निर्माण गरेको खोप आयात गर्ने अनुमति दिएको थियो । निजी कम्पनीले खोप आयात गर्ने अनुमति पायो तर ल्याउन सकेको छैन । अनुमति पाएकाहरु सबै ओलीलाई बा भन्दै राज्यकोषमा तर मार्ने व्यापारी मात्रै रहेका छन् । त्यसमा विष्णु रिमाल, सूर्य थापाहरुको पनि खास अर्थमा चासो रहेको छ । धन देख्दा महादेवको तेस्रो नेत्र खुल्छ भने जस्तै बालुवाटारको आडमा रिमाल र थापाहरुले दोहन गरिरहेका छन् । त्यसलाई नै उनीहरुले प्रधानमन्त्री ओलीको सफलता भन्दै महिमामण्डित गरिरहेका छन् । 

हुकम डिष्ट्रिब्युटर्सले भारतबाट ’कोभिसिल्ड’ खोप खरिद गरी आयात गरी सरकारलाई वितरण गर्ने भनिए पनि अहिलेसम्म आयात गर्न सकेको छैन । हुकमले खरिद गर्ने खोपमा कमिसनको चलखेल भएपछि खोप आयातमा कठिन भएको थियो । सरकारले भारतसँग खरिद गरेको खोप हालसम्म पनि पाएको छैन । निजी कम्पनीले राज्यलाई संकटमा सहयोग गर्नुपर्ने हो । खोप जस्तो संवेदनशील कुरामा बिचौलियाको काम गर्दा खोप आयात गर्न सकेका छैनन् । खोप खरिदका लागि रसियन स्पुतनिक कम्पनीसँग खरिद गर्न खोजेको भए पनि कम्पनीले खोप नपठाएको लोमस फर्मास्युटिकल्स पनि सरकारबाट प्राप्त हुने कमिसनको चक्करमा लागेको छ ।

सो कम्पनी बालुवाटार निकट व्यापारी प्रज्वलजंग पाण्डेको हो । खोप खरिदका लागि सम्पूर्ण प्रक्रिया पूरा गरी  कम्पनीलाई कागजात पठाइसकेको भनिएको पनि झण्डै दुई महिना हुन लाग्यो । तर, हालसम्म खोप ल्याउने वा नल्याउने बारेमा सो कम्पनीले केही पनि बताउन सक्ने अवस्था छैन । खोप कहिले आउँछ भन्दै सो कम्पनीले पनि पर्खाइमा रहेको बताएपनि बालुवाटार उनीहरुबीच कमिसनको विषयमा खास सौदाबाजी हुन नसक्दा काम अगाडि बढ्न नसकेको हो । खोपको मूल्यसहितको सम्पूर्ण विवरण उपलब्ध गराउन नेपालबाट पटक–पटक आग्रह गरिसकेको दावी गरिएपनि किन आएन त ? सो कम्पनीका एक लगानीकर्ता भन्छन्, हाम्रैबीचमा कुराकानी मिलेको छैन । सोी कारण खोप ल्याउन नसकिएको हो । 

नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति पाइसकेका खोपलाई आयात गर्न केही निजी कम्पनीलाई यसअघि नै अनुमति दिइसकेको खोपऔषधि व्यवस्था विभागले उल्लेख गरेको छ । हुकम डिष्ट्रिब्युटर्स, लोमस फर्मा र इमाराल्ड फर्माले खोप आयात र बिक्री वितरणको अनुमति पाइसकेका छन् । विभागले अनुमति दिएको कम्पनीले खोप ल्याएमा केही पनि असहमति नभएपनि खोप नै ल्याउन नसक्ने अवस्था सिर्जना भउको छ । कुनै पनि कम्पनीले कोभिडविरुद्धको खोप ल्याएमा सहजै अनुमति दिने भनिएपनि बालुवाटार र व्यापारीकाबीचमा कुरा नमिलेको प्रष्ट हुन जान्छ । 

खोपको आवश्यकता परेको समयमा निजी कम्पनीले खोप ल्याएमा नेपाल र नेपाली जनताको लागि राहत हुने मलिनो स्वरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पदाधिकारी बताउँछन् । महामारीलाई कमाई खाने भाँडो बनाएको सरकारका मानिस र निजी कम्पनीले अब खोप कहिले ल्याउने अनिश्चित जस्तै बन्दै गएको छ । 
 

प्रतिक्रिया दिनुहोस