ओलीले माधव नेपाललाई दिएको अल्टिमेटमको आज अन्तिम दिन

फिर्ता लेलान् त माधवले सर्वोच्चबाट देउवा–प्रचण्डसँगै गरेको सामुहिक हस्ताक्षर ?

सफल खबर संवाददाता

सोमबार, २१ असार २०७८, ०८ : १७
फिर्ता लेलान् त माधवले सर्वोच्चबाट देउवा–प्रचण्डसँगै गरेको सामुहिक हस्ताक्षर ?

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले माधव नेपाललाई काँग्रेस सभापति शेरबहादुर देउवासँगै सर्वोच्च अदालत पुगेर गरेको हस्ताक्षर फिर्ता लिन आज साँझ ५ बजेसम्मको अल्टिमेटम दिएका छन् । हस्ताक्षर फिर्ता नगरे पार्टीको एकता नहुने र आफुले असाधारण निर्णय लिनुपर्ने दिन आउनसक्ने चेतावनी ओलीको छ । तर आइतबार मध्यरात सम्म ओली र नेपालका आ आफ्नै अडान यथावत छ ।

अर्थात, यी दुई नेता एकले अर्कोलार्इ गलाउने, फकाउने रणनीतिमा उत्तिकै जब्बर भएर बसेका छन् । पार्टी विवाद मिलाउन महिनौ दिन देखि प्रयासरत दोस्रो तहका नेताहरुको सहमति प्रयास निरर्थक भएको छ । यद्यपी, आजै दिनभर पनि दौडधुप जारी राख्ने र कहँी न कँही मिलन विन्दुको खोजी गर्ने यो पुस्ताको नेताहरुको भनाई देखिन्छ । तर त्यो सम्भावना कति रह्ला ? ओली निकट नेता विशाल भट्टराई भन्छन्, – ‘माधव नेपाल पक्षले हस्ताक्षर फिर्ता लिने सम्भावना अझै देखिएको छैन, उहाँँहरुले हस्ताक्षर फिर्ता लिनुभएन भने पार्टी एक नरहन सक्छ ।’

अदालतमा प्रधानमन्त्री केपी ओली र राष्ट«पति विद्यादेवी भण्डारीको मिलोमत्तोमा प्रतिनिधीसभा विघटन गरिएको र संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीको आह्रवान गरिसक्दा पनि बहुमत जुटाएर जाने काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नबनाएको भन्दै अदालतमा मुद्दा छ । मुद्धाका पक्षका नेताहरु काँग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेकै माधव नेपाल समुह, उपेन्द्र बाबुराम समुहको जसपा र राष्टि«य जनमोर्चाले प्रतिनिधीसभा पूर्नस्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने भन्दै अदालतमा रिट दर्ता गराएका थिए  ।

त्यसका लागि नेपाल पक्ष तयार नभएपछि उनले अर्को फन्डा पनि सँगै अगाडी सारेका छन् । त्यो हो एमालेभित्र एकताको सन्देश दिने गरी ओली र नेपाल भेटघाट गर्ने र एकताको संयुक्त वक्तब्य दिने । त्यसो गर्न सकिएमा पनि अदालतमा हामी एमाले हिजो विवादमा थियौं, फरक अवस्था थियो, तर आजका दिनमा हामी एक छौं भनेर उनले सन्देश दिन आफु निकटका नेतालाई नेपाल निवास पुगेर संयुक्त वक्तब्य सम्मको प्रस्ताव गर्न लगाएका थिए ।

यो मुद्दामा सर्वोच्चको सम्वैधानिक इजालसमा बहस करिव अन्तिम चरणमा छ । रिट निवेदकका पक्षका वकिलहरुको जवाफी बहस अब जम्मा २ घण्टा र अदालतले सहयोगीका रुपमा झिकाएको एमीकस क्यूरीका चार जनाको जम्मा दुई घण्टा गरी ४ घण्टा मात्र अब बहस हुनेछ । त्यसपछि यो मुद्दामा सर्वोच्चले निर्णय दिनुपर्नेछ । यस अर्थले हेर्दा सम्भवतः आज नभएपनि भोलि अदालतमा यससम्वन्धी मुद्दामा बहस सकिनेछ । त्यसपछि अदालतले शुक्रबार सम्म या ढिलोमा आइतबार सम्ममा आफ्नो निर्णय दिनेछ । यस्तो बेला प्रधानमन्त्री ओलीमा हुटहुटी चलेको छ ।

अदालतले दिने निर्णयलाई प्रभावित पार्न, मुद्दालाई कमजोर पार्न उनले माधव नेपाल पक्षको हस्ताक्षर फिर्ता लाई पार्टी एकताको पहिलो शर्त बनाएका छन् । नेपाल पक्षका सांसदले मुद्दाको फाइनल नआउँदा सम्म हस्ताक्षर फिर्ता गरे मुद्दाको बहस नै अर्कोतिर तान्ने प्रयासमा ओली देखिन्छन् । यसले पनि उनले हस्ताक्षर फिर्ता पहिलो शर्त बनाईरहेका छन् ।

कतै अदालतले काँग्रेस सभापतिलाई प्रधानमन्त्री नै पो बनाईदिन्छन् की भन्ने भयवाट पनि प्रधानमन्त्री यतिबेला तर्सित देखिन्छन् । सोही कारण पनि उनी अदालतमा रहेको आफ्नै पार्टीका माधव नेपाल पक्षका सांसदहरुको हस्ताक्षर फिर्ता गराउने र फेरि पनि निरन्तर सरकारको कुर्सीमा आफै टाँसिरहन चाहने ओलीको रणनीति देखिन्छ । यसका लागि उनले नेपाल पक्षका नेतालाई हस्ताक्षर फिर्ताको शर्तबन्दी तोकेका हुन् ।

तर त्यसका लागि नेपाल पक्ष तयार नभएपछि उनले अर्को फन्डा पनि सँगै अगाडी सारेका छन् । त्यो हो एमालेभित्र एकताको सन्देश दिने गरी ओली र नेपाल भेटघाट गर्ने र एकताको संयुक्त वक्तब्य दिने । त्यसो गर्न सकिएमा पनि अदालतमा हामी एमाले हिजो विवादमा थियौं, फरक अवस्था थियो, तर आजका दिनमा हामी एक छौं भनेर उनले सन्देश दिन आफु निकटका नेतालाई नेपाल निवास पुगेर संयुक्त वक्तब्य सम्मको प्रस्ताव गर्न लगाएका थिए ।

तर त्यसमा पनि आइतबार अबेर साँझ सम्म नेपाल तत्पर देखिएका छैनन् । बरु उनले ओली पक्षका नेतालाई झारो टार्नका लागि कार्यदल विगतको ब्यूँताऊ, त्यसैले वक्तब्यको ड«ाफ्ट तयार पारौं, पछि त्यसलाई हेरेर निर्णयमा पुगौला भनेर फर्काइदिएका छन् । यसले नेपाल पनि ओलीले दिएको अल्टिमेटमको समय घर्काउने रणनीतिमा देखिन्छन् । ओली अदालतको फैसला अगाडी नै नेपालसँग निर्णायक स्टेप चाल्न तयार देखिन्छन भने नेपाल अदालतको फैसला पछि मात्र ओलीसँग अब कसरी अगाडी बढ्ने भन्ने बरेमा निर्णायक छलफल गर्न चाहान्छन् । यसले एमालेभित्रको झगडाको गोलचक्कर घुमेको घुम्यै छ ।

यसैबीच नेपाल भेट्न तयार नभएपछि नेपाल पक्षका हार्डलाइनर मानिएका नेता भीम रावललाई प्रधानमन्त्री ओलीले आइतबार साँझ बालुवाटार बोलाएर भेटवार्ता गरेका छन् । उनीसँग ओलीले मध्यरात साढे ११ बजेसम्म भेट गरेको प्रधानमन्त्रीको नीजि सचिवालय स्रोतले बताएको छ । साँझ ८ बजेदेखि साढे ११ वजेसम्म ओली र रावलवीच भेटवार्ता भएको थियो । प्रधानमन्त्री ओलीसँग भेट गर्नु अगाडी रावल माधव नेपाल भेटेर वालुवाटार पुगेका थिए । दुई नेताको छलफलमा पनि आ आफना कुरामै अल्झिएको रावल निकट स्रोतले बताएको छ ।