काठमाडौं उपत्यकामा हाल कायम रहेको जोरबिजोर प्रणाली खारेज, पर्सिदेखि सबै सार्वजनिक सवारीसाधन चल्न पाउने

सफल खबर संवाददाता

आइतबार, २० असार २०७८, १७ : ५१
काठमाडौं उपत्यकामा हाल कायम रहेको जोरबिजोर प्रणाली खारेज, पर्सिदेखि सबै सार्वजनिक सवारीसाधन चल्न पाउने

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउँदै असार मसान्तसम्म लम्ब्याइएको छ ।

उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओको संयुक्त बैठकले हाल कायम रहेको जोरबिजोर प्रणालीलाई खारेज गरेको छ । त्यस्तै यसअघि २५ सिट क्षमताका सवारीसाधन मात्र अनुमति दिइएकोमा त्यसलाई हटाइएको छ । अब माइक्रो, टेम्पोसमेत चल्न पाउनेछन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजालले जारी गरेको आदेशमा मापदण्ड पालना गरेर साना तथा ठूला सबै सार्वजनिक सवारी सन्चालनको अनुमति दिइएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस