राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्ने

सफल खबर संवाददाता

आइतबार, २० असार २०७८, १२ : १५
राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्ने

file-photo

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज पनि बस्दैछ । दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकका दुई वटा प्रतिवेदन पेश हुनेछन् ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट राष्ट्रिय समावेशी आयोगको दोश्रो वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यसुची रहेको छ ।

यस्तै, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले समितिको दोश्रो वार्षिक प्रतिवेदन पनि सभा समक्ष पेश गर्ने कार्यसुची रहेको संघीय संसदका महासचिव डा भरतराज गौतमले जानकारी दिए ।

राष्ट्रिय सभाको बर्खे अधिवेशन अन्र्तगत आज दोश्रो बैठक बस्न लागेको हो ।