राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

सफल खबर संवाददाता

विहीबार, १२ असार २०८२, ११ : ००
राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ । बैठक सवा १ बजे बस्ने संसद् सचिवालयले जानकारी दिएको छ। 

बैठकमा राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्माले ‘खानेपानीमा नागरिकको सहज पहुँच पुर्‍याउने र नेपालमै ब्लिचिङ पाउडर उद्योग खोल्ने सम्बन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘विनियोजन विधेयक, २०८२’का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्ने सम्भावित कार्यसूची छ । उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १३३ को उपनियम (२) बमोजिम ‘विनियोजन विधेयक, २०८२’ सभासमक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालय जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस