काठमाडौँ । प्रधानमन्त्री केपी ओलीको गरेको फोन माधव नेपाललाई उठाउन किन मन लागेन ? प्रधानमन्त्री ओलीले यसको ठ्क्याक्कै जवाफ पाएका छैनन् ।
ओलीले आफूले माधव नेपाललाई फोन गर्दा पनि बेवास्ता गरेको गुनासो गरे। पार्टीको केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै भने, ‘मैल माधव नेपाललाई फोन गरेँ, उहाँले बल्लबल्ल फोन उठाएको भन्नुभयो, किन उठाउन मन लागेन मेरो फोन बुझ्न सकिनँ ।’ बैठकमा ओलीले बिहीबार आफूले नेपाललाई फोन गरेको जानकारी गराए ।
‘हिजो मैले माधव नेपाललाई फोन गरेँ । भेटौँ, पार्टी एकताका लागि कुरा गरौँ भनेँ । तर, उहाँले भेट्न मान्नुभएन,’ उनले भने, ‘उल्टै तपाईंको टेलिफोन उठाउँदिन भनेको तैपनि साथीहरुको दबाबले उठाएँ भन्ने जवाफ आयो ।’
ओलीले आफू एकताका लागि तयार नै रहेको तर विपक्षीसँग गठबन्धन गर्न खोज्ने, विपक्षी नेतालाई प्रधानमन्त्री बनाउन खोज्ने र पार्टी कमजोर बनाउन खोज्ने क्रियाकलाप जारी राख्दा कसरी हुन्छ पार्टी एकता ?’ भन्दै प्रति प्रश्न गरे । ओलीले पार्टी एकताको जिम्मा बामदेव गौतमलाई दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ असार २०७८, १५ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष ‘प्रचण्ड’बीच भेटवार्ता
ओलीलाई सिंहदरवारभन्दा बालुवाटार नै प्यारो
ओली र देउवाबीच भेटवार्ता
ओली, देउवा र प्रचण्ड एकैठाउँमा
चैत २० मा ओली थाइल्याण्ड जाने, मोदीसँग भेट्न प्रयास
देउवा, ओली र प्रचण्डबिच छलफलको तयारी