काठमाडौँ । प्रधानमन्त्री केपी ओलीको गरेको फोन माधव नेपाललाई उठाउन किन मन लागेन ? प्रधानमन्त्री ओलीले यसको ठ्क्याक्कै जवाफ पाएका छैनन् ।
ओलीले आफूले माधव नेपाललाई फोन गर्दा पनि बेवास्ता गरेको गुनासो गरे। पार्टीको केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै भने, ‘मैल माधव नेपाललाई फोन गरेँ, उहाँले बल्लबल्ल फोन उठाएको भन्नुभयो, किन उठाउन मन लागेन मेरो फोन बुझ्न सकिनँ ।’ बैठकमा ओलीले बिहीबार आफूले नेपाललाई फोन गरेको जानकारी गराए ।
‘हिजो मैले माधव नेपाललाई फोन गरेँ । भेटौँ, पार्टी एकताका लागि कुरा गरौँ भनेँ । तर, उहाँले भेट्न मान्नुभएन,’ उनले भने, ‘उल्टै तपाईंको टेलिफोन उठाउँदिन भनेको तैपनि साथीहरुको दबाबले उठाएँ भन्ने जवाफ आयो ।’
ओलीले आफू एकताका लागि तयार नै रहेको तर विपक्षीसँग गठबन्धन गर्न खोज्ने, विपक्षी नेतालाई प्रधानमन्त्री बनाउन खोज्ने र पार्टी कमजोर बनाउन खोज्ने क्रियाकलाप जारी राख्दा कसरी हुन्छ पार्टी एकता ?’ भन्दै प्रति प्रश्न गरे । ओलीले पार्टी एकताको जिम्मा बामदेव गौतमलाई दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ असार २०७८, १५ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश
ओली र लेखकको हिरासत अवधि पाँच दिन थप
ओलीसँग अस्पतालमै बयान लिइँदै, २ दिन थुनामा राख्ने अनुमति
ओलीलाई पनि छोड्न सर्वोच्चद्वारा अस्वीकार, कारण देखाऊ आदेश जारी
ओलीको रिटमा सोमबार सुनुवाइ हुने