युरोपेली देशहरुमा पुनः कोरोना संक्रमण बढयो : डब्लुएचओ

एजेन्सी

शुक्रबार, १८ असार २०७८, १० : ००
युरोपेली देशहरुमा पुनः कोरोना संक्रमण बढयो : डब्लुएचओ

एजेन्सी । युरोपेली देशहरूमा कोरोनाभाइरस संक्रमितको संख्यामा पुनः बढ्न थालेको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार दुई महिनापछि संक्रमितको संख्यामा फेरि बढ्न थालेको हो । 

संक्रमितको संख्या पुनः बृद्धि हुँदा अर्को चरणको महामारी सुरु हुन सक्नेतर्फ डब्लुएचओले चिन्ता व्यक्त गरेको छ। कोरोनाभाइरसको महामारी फैलिन नदिने उपायहरुप्रति बेवास्ता गरेमा महामारी फेरि फैलिने खतरा रहेकाले त्यसतर्फ सवै तत्काल सतर्क हुनुपर्ने संगठनको जोड छ। 

डब्लुएचओका युरोप क्षेत्रीय कार्यालयका निर्देशक हान्स क्लुगले युरोपेली क्षेत्रमा अहिले संक्रमितको संख्या  १० प्रतिशतका दरले बृद्धि भइरहेको बताए। युरोपेली देशहरुमा सामाजिक दुरी कायम राख्ने, मास्क लगाउने र सावुन पानी वा सेनिटाइजरको प्रयोग गर्ने कार्यलाई कडाइका साथ पालना गराउन पनि उनले आग्रह गरे। नयाँ चरणको महामारीमा डेल्टा भेरियन्ट तीब्र फैलिने भएकाले यसले थप क्षति हुने सम्भावना बढिरहेको उनले बताए। 

प्रतिक्रिया दिनुहोस