काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का वरिष्ठ नेता झलनाथ खनार माधवकुमार नेपाल समूहले शुक्रबार बस्ने केन्द्रीय कमिटी बैठक बहिष्कार गर्ने भएको छ ।
बिहीबार नेपाल समूहको बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठक बहिष्कार गर्ने निष्कर्ष निकालेको हो । एमाले स्थायी कमिटीका सदस्य रघुजी पन्तले अवैधानिक महाधिवेशन आयोजक कमिटीले बोलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने बताए ।
बुधबार बसेको एमालेको १०औं महाधिवेशन आयोजक कमिटीको बैठकले शुक्रबारका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको थियो । बैठकमा सहभागी हुन एमालेको केन्द्रीय सचिवालयले पत्राचारसमेत गरेको छ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटी विघटन गरी केन्द्रीय कमिटीको बैठक बोलाएका छन् ।
‘१०औं महाधिवेशन आयोजक कमिटी नै अवैधानिक रहेकाले अवैधानिक कमिटीले बोलाएको केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन सक्दैनौं भन्ने हाम्रो निष्कर्ष हो,’ पन्तले भने । पार्टी अध्यक्ष ओलीले एमालेलाई माओवादी केन्द्र–एमाले एकता अघिकै अवस्थामा फर्काउन भन्दै केन्द्रीय कमिटीको बैठक बोलाइएको भए पनि पूर्वमाओवादीका नेताहरूलाई समेटेर केन्द्रीय कमिटी बनाएका छन् ।
२ सय ६४ जनाको महाधिवेशन कमिटीलाई नै केन्द्रीय कमिटीमा रूपान्तरण गरिएको छ । अध्यक्ष ओली २ जेठ २०७५ मा नफर्किएर आफ्नो पुरानो निर्णय २८ फागुन २०७७ मा फर्किएको आरोप नेपाल समूहको रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ असार २०७८, ०८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेमा फरक मत दबाउने प्रयास : पूर्वराष्ट्रपति भण्डारी पक्षधर कार्यकर्तामाथि धमाधम कारबाही
कांग्रेस-एमाले शीर्ष नेताहरूको बैठक सुरु
एमाले विधान महाधिवेशनको तयारीका लागि जिम्मेवारी बाँडफाँड
एमाले बागमती संसदीय दलको बैठक बस्दै
मधेस प्रदेशमा एमालेलाई वडा अधिवेशन गर्नै मुश्किल
एमालेले देखायो आफुविरुद्द लाग्ने चार विरोधी शक्ति, गोयबल्स शैलीमा कुप्रचार भएको आरोप