काठमाडौं । आन्तरिक विवादमा फसेको एमालेको विवाद मिलाउन प्रयास जारी छ । सबैबीचमा बिहीबार साँझ प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच टेलिफोन वार्ता भएको छ ।
एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले ओली र नेपालबीच टेलिफोनमा कुरा भएको बताए। ओली र नेपालबीच आज भेटवार्ता हुनसक्ने पनि नेताहरुको दावी छ ।
आजै विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा तथा पार्टीको रणनीति बनाउन नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बस्दैछ । तीन वर्षपछि नवौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी सहितको बैठक बस्न लागेको हो ।
बुधवार बसेको एमाले दशौं महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठकले पुरानै कमिटी ब्यूँताउँदै शुक्रवारका लागि बैठक बोलाएको थियो । तर बिहीवार बसेको माधव नेपाल पक्षका स्थायी कमिटी सदस्यको भेलाले बैठकमा सहभागि नहुने निर्णय गरेको नेता भीम रावलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ असार २०७८, ०७ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह