काठमाडौं । आन्तरिक विवादमा फसेको एमालेको विवाद मिलाउन प्रयास जारी छ । सबैबीचमा बिहीबार साँझ प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच टेलिफोन वार्ता भएको छ ।
एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले ओली र नेपालबीच टेलिफोनमा कुरा भएको बताए। ओली र नेपालबीच आज भेटवार्ता हुनसक्ने पनि नेताहरुको दावी छ ।
आजै विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा तथा पार्टीको रणनीति बनाउन नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बस्दैछ । तीन वर्षपछि नवौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी सहितको बैठक बस्न लागेको हो ।
बुधवार बसेको एमाले दशौं महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठकले पुरानै कमिटी ब्यूँताउँदै शुक्रवारका लागि बैठक बोलाएको थियो । तर बिहीवार बसेको माधव नेपाल पक्षका स्थायी कमिटी सदस्यको भेलाले बैठकमा सहभागि नहुने निर्णय गरेको नेता भीम रावलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ असार २०७८, ०७ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणी- मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने होइन, कानूनअनुसार हुन्छ
एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सुरु
विद्या भण्डारीलाई एमाले इन्ट्री ‘झन्’ सकस !
एमाले महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित : जेनजीका माग पूरा गर्ने प्रतिबद्धता
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज