कांग्रेस पदाधिकारी बैठक स्थगित

सफल खबर संवाददाता

विहीबार, १७ असार २०७८, १२ : ३५
कांग्रेस पदाधिकारी बैठक स्थगित

file-photo

काठमाडौं । नेपाली कांग्रेसको आज बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको छ ।

क्रियाशील सदस्यता वितरणको मापदण्डलगायतका विषयमा छलफल गर्न आज २ बजे बस्नेगरी बोलाइएको बैठक स्थगित भएको हो । तयारी नपुगेको भन्दै स्थगित गरिएको बैठक शुक्रबार बस्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस