किन ह्वात्तै बढ्यो तरकारीको मूल्य ?

पत्रपत्रिकाबाट

विहीबार, १७ असार २०७८, ०८ : ०१
किन ह्वात्तै बढ्यो तरकारीको मूल्य ?

काठमाडौं । एक महिनाको अवधिमा काठमाडौंमा हरियो तरकारीको मूल्य २ सय ३० प्रतिशतसम्म बढेको पाइएको छ । कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्यसूचीअनुसार गएको १ महीनाको अवधिमा हरियो तरकारीको मूल्य यति धेरै बढेको पाइएको हो ।

वर्षात् शुरू भएसँगै किसानहरूले तरकारी लगाएको जमीनमा धान रोपाइँ शुरू गरेकाले तरकारीको उत्पादन घट्न गई मूल्य बढेको खबर आर्थिक अभियान दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस