काठमाडौं । नेकपा एमालेको आजको बैठकले १० औं महाधिवेशन आयोजक समिति खारेज गरेको छ । एमालेका प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले महाधिवेशन आयोजक समिति खारेज भएको छ । यही अब केन्द्रीय कमिटीको बैठक असार १८ गते बस्नेछ । ज्ञवालीका अनुसार अबको केन्द्रीय कमिटी बैठक माधव नेपाल पक्षले भनेझै जेठ २ अघिको हुनेछ ।
अबको एमालेको केन्द्रीय बैठकमा माधव नेपाल पक्ष जान्छ या जाँदैन भन्ने अन्यौल नै रहेको छ । यद्यपी उनीहरुले भने झै अबको केन्द्रीय बैठक जेठ २ अघिको हुनेछ । दशौं महाधिवेशन आयोजक कमिटी केन्द्रीय कमिटीमा रुपान्तरण भएसँगै माधवकुमार नेपालसहित ११ जनामाथिको कारबाही स्वत निष्प्रभावी भएको छ । प्रवक्ता ज्ञवालीले कारबाही प्रक्रिया अब नरहेको र यसअघिको कारबाही पनि फुकुवा नै भएको बताए ।
बैठकले स्थायी कमिटीमा रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, रघुवीर महासेठ, रघु पन्त, विष्णु रिमाल र बेदुराम भुसाललाई मनोनित गर्ने निर्णय पनि गरेको छ । बैठकले कोरोना महामारी नियन्त्रणका लागि सरकारले गरेको कामको उच्च प्रशंसा गरेको छ । वरिष्ठ नेता झलनाथ खनालको उपचारको जिम्मा पनि पार्टीले लिने निर्णय भएको प्रवक्ता ज्ञवालीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ असार २०७८, १५ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणी- मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने होइन, कानूनअनुसार हुन्छ
एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सुरु
विद्या भण्डारीलाई एमाले इन्ट्री ‘झन्’ सकस !
एमाले महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित : जेनजीका माग पूरा गर्ने प्रतिबद्धता
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज