काठमाडौं । नेकपा एमालेको आजको बैठकले १० औं महाधिवेशन आयोजक समिति खारेज गरेको छ । एमालेका प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले महाधिवेशन आयोजक समिति खारेज भएको छ । यही अब केन्द्रीय कमिटीको बैठक असार १८ गते बस्नेछ । ज्ञवालीका अनुसार अबको केन्द्रीय कमिटी बैठक माधव नेपाल पक्षले भनेझै जेठ २ अघिको हुनेछ ।
अबको एमालेको केन्द्रीय बैठकमा माधव नेपाल पक्ष जान्छ या जाँदैन भन्ने अन्यौल नै रहेको छ । यद्यपी उनीहरुले भने झै अबको केन्द्रीय बैठक जेठ २ अघिको हुनेछ । दशौं महाधिवेशन आयोजक कमिटी केन्द्रीय कमिटीमा रुपान्तरण भएसँगै माधवकुमार नेपालसहित ११ जनामाथिको कारबाही स्वत निष्प्रभावी भएको छ । प्रवक्ता ज्ञवालीले कारबाही प्रक्रिया अब नरहेको र यसअघिको कारबाही पनि फुकुवा नै भएको बताए ।
बैठकले स्थायी कमिटीमा रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, रघुवीर महासेठ, रघु पन्त, विष्णु रिमाल र बेदुराम भुसाललाई मनोनित गर्ने निर्णय पनि गरेको छ । बैठकले कोरोना महामारी नियन्त्रणका लागि सरकारले गरेको कामको उच्च प्रशंसा गरेको छ । वरिष्ठ नेता झलनाथ खनालको उपचारको जिम्मा पनि पार्टीले लिने निर्णय भएको प्रवक्ता ज्ञवालीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ असार २०७८, १५ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन तालिका प्रभावित पार्ने संकेत देखिएको एमालेको निष्कर्ष
एमालेले थाल्यो आक्रामक चुनावी परिचालन निति
कास्कीमा नेकपा एसका नेताकार्यकर्ता एमालेमा समाहित
पूर्वमन्त्री जितेन्द्र देवले गरे एमाले परित्याग गरेको घोषणा
एमालेको दाबी : निर्वाचन प्रतिस्पर्धा काँग्रेससँग केन्द्रित, रास्वपाको प्रभाव सीमित
जनार्दनसँग एमालेको ०८४ सम्मको तालमेल योजना