निषेधाज्ञाबारे निर्णय लिन काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै

सफल खबर संवाददाता

सोमबार, १४ असार २०७८, १० : ४४
निषेधाज्ञाबारे निर्णय लिन काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै

काठमाडौं । काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञबारे निर्णय गर्न उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक आज बस्ने भएको छ । आजको बैठकले निषेधाज्ञाका बारेमा निर्णय लिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

यसअघि आइतबार जोरबिजोर प्रणालीका आधारमा सार्वजनिक यातायात सञ्चालन गर्नेबारे छलफल भए पनि निर्णय हुन सकेको थिएन । उपत्यकाको निषेधाज्ञा के हुन्छ ? काठमाडौंका सीडीओ भन्छन्, परामर्शमै छौँ, भोलि निर्णय गर्छौं ।

१६ वैशाखदेखि उपत्यकामा जारी निषेधाज्ञा आज राति १२ बजेदेखि सकिँदै छ । पछिल्लो समय निषेधाज्ञा केही खुकुलो बनाइएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण तथा पसलहरू नियमित खोल्नुपर्ने लगायतका सुझाव दिएको उल्लेख गर्दै पराजुलीले तीन वटै जिल्लाको वस्तुस्थिति हेरेर निर्णय गर्नुपर्ने भएकाले आफूहरू परामर्शमै रहेको बताएका थिए ।

उपत्यकामा संक्रमण दर घटेको भए पनि धेरै नघटेकाले विवेकसम्मत् निर्णय गर्नुपर्ने अवस्था रहेको पराजुलीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस