काठमाडौं। नेपाली कांग्रेसका सभापति तथा विपक्षी गठबन्धनका नेता शेरवहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी केपी ओलीको कार्यकर्ता बनेको आरोप लगाएका छन् ।
पत्रकारसँग शनिवारको अन्तरक्रियामा बोल्दै देउवाले आफूले बहुमत सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दावी गर्दा कुनै समस्या परेको भए राष्ट्रपतिले सनाखत गर्नुपर्ने ठाउँमा संसद विघटन भएको बताए । सभापति देउवाले अदालतले आफूलाई नै प्रधानमन्त्री बनाउने विश्वास व्यक्त गरे ।नेता देउवाले भने, ‘अदालतले प्रधानमन्त्री बनाओस् भनेको होइन, तर संविधानको व्याख्या त अदालतले गर्नुपर्ने अवस्था आएको हो ।’
देउवाले राष्ट्रपतिको चर्को आलोचना गर्दै पदीय मर्यादा समेत नराखी ओलीको कार्यकर्ता नबन्न आग्रह गरे । देउवाले भने, ‘ओली लोकतन्त्रवादी र संविधानवादी नभई अधिनायकवादी हुन् आफूलाई बेकारमा अोलीसँग मिलेको आरोप लगाइयो।’
देउवाले भने, ‘राष्ट्रपति नभएर ओलीको कार्यकर्ता भएर काम गर्नुभयो । मलाई पहिला क्याबिनेट पुनर्गठन गर्न दिनुभएन, अहिले धमाधम शपथ खुवाउनुभयो । राष्ट्रपति हदभन्दा बढी ओलीको कार्यकर्ता हुनुभयो ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ असार २०७८, १७ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शंकर पोखरेल र विष्णु पौडेल ‘लोभीपापी’ भए : केपी ओली
केपी ओलीको बोलीले फेरि एमालेमा छटपटी
केपी ओलीको सचिवालय प्रमुखमा निरुदेवी पाल
पार्टीभित्रै तीन तहको दबाबमा ओली, दुई दिन पछि धकेलियो सचिवालय बैठक
‘सबैको अन्तरमनमा करुणाको दीप बलोस्’ : केपी ओली
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता