एजेन्सी । अमेरिकाको मियामीमा १२ तले भवन खसेपछि बेपत्ता हुनेको संख्या १ सय ५९ पुगेको छ । यस घटनामा ४ जनाको मृत्यु भइसकेको छ । मियामीका मेयर डेडीले बाँचेकाहरू भेटिने आश अझै बाँकी रहेको बताए ।
उद्धारकर्मीहरुको टोलीले चौबिसै घण्टा काम गरिरहेको र जमिनमुनी पुरिएका मानिसहरुको चिच्याहट सुनिएको खबर उनीहरुबाट प्राप्त भएको मेयरले बताए । बिहीबार बिहानै के कारणले यो ४० वर्ष पुरानो भवन ध्वस्त भयो भन्ने स्पष्ट भइसकेको छैन । यो भवन ढल्दा कतिजना मानिसहरु त्यहाँ थिए भन्ने पनि खुलिसकेको छैन ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले फ्लोरिडामा आपतकाल घोषणा गरिसकेका छन् । अब, संघीय आकस्मिक व्यवस्थापन एजेन्सी (फिमा) ले उद्धार कार्यमा राज्यका एजेन्सीहरुलाई सहयोग गर्नेछ ।
बिहीबार सयौं उद्धारकर्ताहरुले विशेष तालिमप्राप्त कुकुरहरुको सहयोगमा बाँचेकाहरुको खोजी गरे, ती उद्धारकर्ताहरुले सोनार क्यामेरा पनि प्रयोग गरेका थिए । पीडितहरु समक्ष पुग्नाका लागि उद्धारकर्ताहरुले भवनमुनीको अण्डरग्राउन्ड कार पार्कमा हुँदै सुरु खन्दै थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १२ असार २०७८, ०८ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य
अमेरिका–इरानबीच फेरि तनाव, दुवै पक्षबाट आक्रमण
भारतमा रहेका अमेरिकी राजदूत किन आउन लागे नेपाल ?
चीनलाई इरान–अमेरिका तनावले सकस: उत्पादन र निर्यातमा गम्भीर असर
अमेरिकी उच्च अधिकारी नेपाल आएलगत्तै भारतीय उच्च अधिकारीको पनि भ्रमण
आफ्ना विरोधीलाई साथ दिने व्यक्तिमाथि भिसा प्रतिबन्ध लगाउने अमेरिकाको घोषणा