कर्णाली प्रदेशसभा बैठक स्थगित

सफल खबर संवाददाता

शुक्रबार, ११ असार २०७८, १५ : ५८
कर्णाली प्रदेशसभा बैठक स्थगित

सुर्खेत । कर्णाली प्रदेशसभाको आज बसेको बैठक स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारमा एमालेका मन्त्री फिर्ता हुनुपर्ने र कर्णाली सरकार जनताका काममा भन्दा ‘हेलिकप्टर मोह’मा फसेको भन्दै विरोध जनाएपछि प्रदेशसभा बैठक स्थगित भएको हो ।

प्रदेशसभाको अर्को बैठक असार १३ गते दिउँसो २ बजेका लागि बोलाइएको छ ।स्थागित प्रदेशसभा बैठकमा सत्तापक्षभन्दा दोब्बर प्रतिपक्षी सांसद उपस्थित थिए ।

बैठकमा सत्तापक्षका दुई मन्त्रीसहित सात सांसद उपस्थित थिए भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका १२ सांसद सहभागी थिए । प्रमुख सत्तारुढ दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक ठम्मर विष्टले सदन अवरुद्ध हुने थाहा भएका कारण सांसदहरु उपस्थित नभएको हुनसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस