काडमाडौं । सेयर बजार परिसुचक नेप्सेमा घट्नेक्रम जारी छ । नेप्सेसँगै कारोबार रकम पनि निरन्तररुपमा घटिरहेको छ । यो साताको अन्तिम दिन सेयर बजार परिसुचक नेप्से १६.९६ अंकले घट्दै २८ सय ४३ अंकको विन्दुमा पुगेको छ ।
२ सय १९ कम्पनीको सेयर कारोबार भएको नेप्सेमा १ करोड ३२ लाख २० हजार ३ सय ६९ कित्ता सेयर खरिद विक्री भएको छ । जसवाट ७ अर्व ३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
‘क’ वर्गका कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.१७ अंकले घट्दै ५२५.६४ अंकको विन्दुमा कारोवार वन्द भएको छ । त्यस्तै १३ वटा समूहगत परिसुचाङ्क मध्ये २ वटा वाहेक अन्य सूचाङ्कमा गिरावट आएको छ । होटल तथा पर्यटन समूहका कम्पनीको सूचाङ्क ४१.६९ अंक र जलविद्युत समूहको ५५.७६ अंक बढेका छन् ।
आज सबैभन्दा धेरै जीवन बीमा समूहको कारोवार १७७.२४ अंक, नीर्जीवन बीमा समूहको १४३.८८ अंक, विकास बैंक समूहको ७२.७३ अंक, उत्पादनमूलुक समूहको सुचाङ्क ४१.२३ अंक, वित्त समूहको ४९.५८ अंकले घटेका छन् ।
माथिल्लो तामाकोशीका लगानीकर्ताले सबैभन्दा ९.८८ प्रतिशत कमाएका छन् भने छिमेक लघुवित्त बिकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । ३७ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर कारोबार गरेको नेपाल पुर्नबीमा कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी सेयर कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० असार २०७८, १६ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्सेमा सामान्य गिरावट
सामान्य अंकले बढ्यो नेप्से, २ अर्ब ५३ करोडको कारोबार
दोहोरो अंकले बढ्यो सेयर बजार
नेप्सेमा दोहोरो अंकको गिरावट, २ अर्ब ७९ करोडको कारोबार
नेप्सेमा सामान्य गिरावट
नेप्से दोहोरो अंकले घट्यो, ३ अर्ब ४८ करोडको कारोबार