काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्रारम्भिक सत्र ‘प्रिओपनिङ’ मा सेयर बजारमा अस्वाभाविक उतारचढाव देखिएको भन्दै कारोबारको सीमा घटाएको छ ।
सेयर कारोबार हुनुभन्दा अघि प्रारम्भिक सत्रका लागि १०.३० देखी १०.४५ सम्मका लागि १५ मिनेटको समय तोकिएको हुन्छ । बोर्डले प्रारम्भिक सत्रको मूल्य सीमा र धितोपत्रको कारोबारको न्युनतम मूल्य घटाएको हो ।
धितोपत्र कारोबार सञ्चालन नियमावली २०७८ को दोस्रो संशोधन गर्दै मूल्य परिवर्तनको सीमा ५ प्रतिशतबाट घटाएर २ प्रतिशत कामय गरिएको बोर्डले जनाएको छ ।
त्यस्तै, न्यूनतम मूल्य परिवर्तन सीमा १ रूपैयाँ रहेकोमा त्यसलाई १० पैसा झार्ने निर्णय गरेको छ । यसअघि १ रुपैयाँ बाबर १ अंक मानिने भएपनि अव प्रिओपनिङ सत्रमा १० पैसा बराबर १ अंक मानिनेछ ।
धितोपत्र बोर्डले यस व्यवस्था कार्यान्वयन गर्नका लागि फ्रन्ट लाइन रेगुलेटर नेपाल स्टक एक्चेन्जलाई निर्देशन दिइएको छ । प्रारम्भिक सत्र ‘प्रिओपनिङ’ सत्र थप व्यवस्थित र प्रतिस्पर्धी मूल्य कायम नियमावलीले सहयोग पुग्ने बोर्डको दावी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० असार २०७८, १५ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शेयर बजारमा दोहोरो अङ्कको गिरावट, ९ अर्ब ६३ करोड कारोबार
दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार १० अर्ब २० करोड
दोहोरो अंकले घट्यो नेप्से परिसूचक
सामान्य बढ्यो सेयर बजार, कारोबार ९ अर्ब नजिक
१० अंकले घट्यो सेयर बजार
सेयर बजार २६२० अंकमा