चितवन । भरतपुर महानगरपालिकाले गौतमबुद्ध क्रिकेट रङ्गशालाको लागि २ करोड रुपैयाँको बजेट छुट्टाएको छ ।
भरतपुर महानगर प्रमुख रेनु दाहालले नवौ नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गौतमबुद्ध क्रिकेट रङ्गशालालाई थप २ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताइन् ।
प्रमुख दाहालले भनिन्, ‘नेपालकै गौरवको विषय बनेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई थप दुई करोड रुपैयाँ विनियोजन गरेका छौँ ।’ उनले तीव्र रुपमा काम भइरहेको क्रिकेट रंगशालालाई सहयोगी हातहरुको अझै खाँचो रहेको बताइन् ।
पुराना नीति तथा कार्यक्रम कार्यान्वयनको चरणमा रहेका आयोजना तथा परियोजनालाई समेत निरन्तरता दिने महानगर प्रमुख दाहालको भनाइ थियो । चालु आर्थिक वर्षमा निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी बाँकी रहेका र अधुरो योजनाहरु समयमै सम्पन्न गर्नका लागि भन्दै महानगरले एकमुष्ट रु ९८ करोड बजेट विनियोजन गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० असार २०७८, १४ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा
भरतपुर महानगरले दियो ७ हजार बढीलाई नि:शुल्क सीप तालिम
भरतपुर महानगरको सार्वजनिक सुनुवाई: प्रशंसा, ध्यानाकर्षण र सुझाव !
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान
भरतपुर महानगर साहित्य दर्पण–४ र वाङ्मय कोश विमोचन