चितवन । भरतपुर महनागरले यो आर्थिक वर्षमा बुझाउनुपर्ने करमा कुनै जरिवाना नलिने भएको छ ।
भरतपुर महानगर प्रमुख रेनु दाहालले विश्वव्यापी फैलिएको कोभिड १९ का कारण व्यवसायीहरु आर्थिक मारमा परेका कारण यस आर्थिक वर्षमा बुझाउनुपर्ने करमा कुनै जरिवाना नलिइएको बताइन् । आज भरतपुर महानगरको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रमुख दाहालले यस आर्थिक वर्षमा कुनै पनि करमा जरिबाना नलिने घोषणा गरेको बताइन् ।
भरतपुर कृषकमैत्री ऋण कार्यक्रम अन्तर्गत न्यूनतम व्याजमा कृषकले २५ लाखसम्म ऋण लिँदा २ प्रतिशत व्याज महानगरपालिकाले व्यहोर्ने जनाइएको छ । यस्तै प्रतिलिटर दुध उत्पादनमा दिइँदै आएको १ रुपैयाँ अनुदान वृद्धि गरेर ३ रुपैयाँ पुर्याइएको महानगर प्रमुख दाहालले बताइन् ।
भरतपुर महानगरले कृषि यन्त्र उपकरणमा ५० प्रतिशत अनुदान दिने नीति लिएको प्रमुख दाहालको भनाइ छ । कर्मचारीको मनोबल उच्च बनाउन भन्दै अधिकृतस्तरका कर्मचारीलाई तलवको १० प्रतिशत र सहायकस्तर तथा श्रेणीविहीनका कर्मचारीलाई १५ प्रतिशत प्रोत्साहन भत्ताको व्यवस्थासमेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० असार २०७८, १४ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फोहोर प्रशोधन केन्द्रका लागि वन क्षेत्रको जग्गा प्राप्ति प्रक्रिया अन्तिम चरणमा, भरतपुर महानगरद्वारा थप बजेट सुनिश्चित
भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा
भरतपुर महानगरले दियो ७ हजार बढीलाई नि:शुल्क सीप तालिम
भरतपुर महानगरको सार्वजनिक सुनुवाई: प्रशंसा, ध्यानाकर्षण र सुझाव !
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान