चितवन । भरतपुर महनागरले यो आर्थिक वर्षमा बुझाउनुपर्ने करमा कुनै जरिवाना नलिने भएको छ ।
भरतपुर महानगर प्रमुख रेनु दाहालले विश्वव्यापी फैलिएको कोभिड १९ का कारण व्यवसायीहरु आर्थिक मारमा परेका कारण यस आर्थिक वर्षमा बुझाउनुपर्ने करमा कुनै जरिवाना नलिइएको बताइन् । आज भरतपुर महानगरको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रमुख दाहालले यस आर्थिक वर्षमा कुनै पनि करमा जरिबाना नलिने घोषणा गरेको बताइन् ।
भरतपुर कृषकमैत्री ऋण कार्यक्रम अन्तर्गत न्यूनतम व्याजमा कृषकले २५ लाखसम्म ऋण लिँदा २ प्रतिशत व्याज महानगरपालिकाले व्यहोर्ने जनाइएको छ । यस्तै प्रतिलिटर दुध उत्पादनमा दिइँदै आएको १ रुपैयाँ अनुदान वृद्धि गरेर ३ रुपैयाँ पुर्याइएको महानगर प्रमुख दाहालले बताइन् ।
भरतपुर महानगरले कृषि यन्त्र उपकरणमा ५० प्रतिशत अनुदान दिने नीति लिएको प्रमुख दाहालको भनाइ छ । कर्मचारीको मनोबल उच्च बनाउन भन्दै अधिकृतस्तरका कर्मचारीलाई तलवको १० प्रतिशत र सहायकस्तर तथा श्रेणीविहीनका कर्मचारीलाई १५ प्रतिशत प्रोत्साहन भत्ताको व्यवस्थासमेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० असार २०७८, १४ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान
भरतपुर महानगर साहित्य दर्पण–४ र वाङ्मय कोश विमोचन
भरतपुर महानगरद्वारा सीपमूलक तालिममा सहभागी ७७९ जनालाई प्रमाणपत्र वितरण
नयाँ बजेटमा १४ वटा नयाँ कार्यक्रम : डिजिटल सिटीदेखि विपद् -सुरक्षासम्मको योजना
भरतपुरको आगामी वर्षको बजेट सार्वजनिक : ५ अर्ब १९ करोडको योजना
भरतपुर महानगरको बजेट : अधुरा पूर्वाधारमा जोड, डिजिटल सहर र सामाजिक सुरक्षामा प्राथमिकता