याडियाका तीन मोडलका प्रिमियम इलेक्ट्रीक स्कुटर नेपालमा, सुरुवाती ग्राहकलाई नगद रु. २५ हजार छुट

सफल खबर संवाददाता

विहीबार, १० असार २०७८, ११ : १८
याडियाका तीन मोडलका प्रिमियम इलेक्ट्रीक स्कुटर नेपालमा, सुरुवाती ग्राहकलाई नगद रु. २५ हजार छुट

काठमाडौं । विश्वकै सर्वाधिक सफल इलेक्ट्रीक दुईपाङ्ग्रे सवारी साधन निर्माता कम्पनी याडियाका स्कुटर नेपाली बजारमा उपलब्ध भएको छ । याडिया ब्राण्डका प्रिमियम स्कुटर कुजु नेपाल प्रा.लि. ले नेपालमा विक्री सुरु गरेको हो ।

चिनियाँ ब्राण्ड याडियाका स्कुटर ८० भन्दा धेरै देशमा विक्री हुँदै आएको छ भने सन् २०२० मा सार्वाधिक धेरै इलेक्ट्रीक स्कुटर विक्री गर्ने कम्पनी पनि बन्न सफल भएको छ ।

कुजु नेपाल प्रा.लि.ले याडिकाको युरोपियन स्ट्यान्डर्डका नेपाली बजार सुहाउँदो उत्कृष्ट स्कुटर नेपाली बजारमा ल्याएको जानकारी गराउन चाहन्छौं । अहिले याडियाका ‘जी फाइभ, सि वान एस र एस–लाइक’ तीन मोडल हाम्रो टंगालमा रहेको सुविधा सम्पन्न शोरुमबाट ग्राहकले खरिद गर्न सकिनेछ ।

१. जी ५

झट्ट हेर्दा आकर्षक डिजाइनमा आएको जी ५ स्कुटरमा जिटीआर ३.० ब्रोडव्याण्ड मोटर प्रयोग गरिएको छ । उक्त मोटरले अधिकतम २३०० वाट पावर प्रदान गर्छ भने यसको रेटेड पावर १२०० वाट रहेको छ । त्यस्तै यो मोटरले अधिकतम १२० एनएम टर्क जेनेरेट गर्छ । यो मोटर आइपी ५७ वाटरप्रुफ रेटेड रहेको छ । यो स्कुटरलाई ६० किलोमिटर प्रतिघन्टाको रफ्तारमा चलाउन सकिन्छ ।

जी५ मा ६० भोल्ट, ३२ एम्पीयरको पानाशोनिक लिथियम आयोन व्याट्री प्याक उपलब्ध छ । यसालाई फुल चार्ज गर्न ६ घन्टा समय लाग्छ । यसले एक पटकको फुल चार्जमा ८० किलोमिटर रेञ्ज प्रदान गर्छ । यो ब्याट्रीको लाइफ सर्कल ८०० रहेको छ । यसमा प्रयोग भएको व्याट्री माइनस २० देखी ५५ डिग्रिसेन्टीग्रेट तापक्रममा काम गर्न सक्छ भने यो सर्ट सर्किट, ओभर करेन्ट प्रोटोक्सन र ओभर चार्ज प्रोटेक्सन फिचर रहेको छ ।
याडिया जि ५मा ७ इन्चको डिजिटल इन्स्टुमेन्ट क्लस्टर रहेको छ । यसको फ्रन्ट फर्क उच्च गुणस्तरको आल्मुनियमद्धारा निर्माण गरिएको छ । त्यस्तै १२ इन्चको ट्युवलेस टायर, दुबै चक्कामा डिस्क ब्रेक र सबै प्रकारका लाइहरु एलइडी प्रयोग गरिएको छ । यसमा २६ लिटरको स्टोरेज क्षमता पाउन सकिन्छ । 

यसको मूल्य ३ लाख ३० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

२. सि १ एस

याडिया सि १ एसमा जी ५ कै समान जिटीआर ३.० ब्रोडव्याण्ड मोटर प्रयोग गरिएको छ । उक्त मोटरले अधिकतम २ हजार २ सय वाट पावर प्रदान गर्छ भने, यसको रेटेड पावर १८०० वाट रहेको छ । त्यस्तै यो मोटरले अधिकतम १३८ एनएम टर्क जेनेरेट गर्छ । यो स्कुटरको टप स्पीड क्षमता ६० किलोमिटर प्रतिघन्टा रहेको छ ।

यसमा ६० भोल्ट, ३२ एम्पीयरको पानाशोनिक लिथियम आयोन व्याट्री प्याक उपलब्ध छ । यसालाई फुल चार्ज गर्न ६ घन्टा समय लाग्छ । यसले एक पटकको फुल चार्जमा ८० किलोमिटर रेन्ज प्रदान गर्छ । यो ब्याट्रीको लाइफ सर्कल ८०० रहेको छ । यस्तै यो व्याट्री माइनस २० देखी ५५ डिग्रिसेन्टीग्रेट तापक्रममा काम गर्न सक्छ ।
यसमा ९ प्रकारको सेफ्टी प्रोटेक्सन रहेको छ । यसमा सर्ट सर्किट प्रोटेक्सन, ओभर करेन्ट प्रोटेक्सन, ओभर चार्ज प्रोटेक्सन, ओभर डिस्र्चाज प्रोटेक्सन, प्रि डिस्र्चाज प्रोटेक्सन, सन्तुलित फक्शन, ओभर टेम्प्रेचर प्रोटेक्सन, राइडिङ मोडजस्ता फिचर रहेको छ ।

याडिया सि १ एसमा ५ इन्जको डिजिटल इन्स्टुमेन्ट क्लस्टर रहेको छ । त्यस्तै यसमा स्मार्ट कि–लेस इन्टिग्रेटेड शोलुसन सिस्टम रहेको छ । यसको फर्क उच्च गुणस्तरको आल्मुनियम द्धारा निर्माण गरिएको छ । त्यस्तै यसमा १२ इन्चको ट्युवलेस टायर, दुबैतर्फ डिस्क ब्रेक, २५ लिटरको स्टोरेज क्षमता रहेको छ ।


यसको मूल्य ३ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

३. एस–लाइक

याडिया एस–लाइकमा पनि जिटीआर ३.० ब्रोडव्याण्ड मोटर प्रयोग गरिएको छ । उक्त मोटरले अधिकतम १२०० वाट पावर प्रदान गर्छ भने यसको रेटेड पावर २००० वाट रहेको छ । त्यस्तै यो मोटरले अधिकतम १२० एनएम टर्क जेनेरेट गर्छ । यो मोटर आइपी ५७ वाटरप्रुफ रेटेड रहेको छ । यो स्कुटरको टप स्पीड ५० किलोमिटर प्रतिघन्टा रहेको छ ।

यसमा ६० भोल्ट, २४ एम्पीयरको लिथियम आयोन व्याट्री प्याक उपलब्ध छ । यसलाई फुल चार्ज गर्न ६ घन्टा समय लाग्छ । यसले एक पटकको फुल चार्जमा ६० किलोमिटर रेन्ज प्रदान गर्छ । यसमा डबल ब्याट्रीको सुबिधा समेत रहेको छ । यो ब्याट्रीको लाइफ सर्कल ८०० रहेको छ । यसमा सर्ट सर्किट, ओभर करेन्ट प्रोटोक्सन, सक प्रोटेक्सन र ओभर चार्ज प्रोटेक्सन जस्ता पाउन सकिन्छ ।

याडिया एस–लाइकमा ४.२ इन्जको डिजिटल इन्स्टुमेन्ट क्लस्टर रहेको छ । यसमा रहेको एलसीडी डिस्प्ले दिनमा तथा रातमा आफै एड्जष्ट हुनेछ । यसको फर्क उच्च गुणस्तरको आल्मुनियम द्धारा निर्माण गरिएको छ । त्यस्तै यसमा १२ इन्चको ट्युवलेस टायरको प्रयोग गरिएको छ भने यसको फ्रन्टमा डिस्क र रियरमा ड्रम ब्रेक उपलब्ध छ । यसमा १८ लिटरको स्टोरेज क्षमता रहेको छ ।  यसको मूल्य २ लाख ३० हजार रुपैयाँ तोकिएको छ ।

सुरुवाती ग्राहकलाई २५ हजार नगद छुट

हामी कुजु नेपाल प्रा.लि. ले याडिया ब्राण्ड नेपालमा सार्वजनिक गरेको उपलक्ष्यमा प्रत्येक स्कुटरको खरिदमा २५ हजारनगद छुट दिने घोषणा गछौं । सुरुमा याडिया ब्राण्ड रोज्ने १५ ग्राहकलाई यो नगद छुट प्रदान गरिने छ । यो योजनाबाट हाम्रा ३ वटै मोडलका पहिलो १५ ग्राहक गरेर कुल ४५ ग्राहकले २५ हजारका दरले नगद छुट हुनेछ । 

 


 

प्रतिक्रिया दिनुहोस