काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्षको बैठक बिहीवार बस्दैछ । सर्वोच्च अदालतको आदेशका कारण सत्ता बाहिर पुगेको ठाकुर पक्षको बैठक बबरमहल स्थित पार्टी कार्यालयमा दिउँसो १ बजे बस्न लागेको हो ।
विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति बनाउन बैठक बस्न लागेको एक नेताले बताए । सर्वोच्च अदालतको आदेशपछि मंगलवार जसपा सत्ताबाट अलग भएको थियो ।
सर्वोच्चको आदेशबाट पदमुक्त भएका मन्त्रीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भविष्यमा सहकार्य हुने आश्वासन दिएका थिए । पार्टीभित्र देखिएको विबादमा विषयमा पनि बैठकमा छलफल हुने जसपा स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० असार २०७८, १० : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै