काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्षको बैठक बिहीवार बस्दैछ । सर्वोच्च अदालतको आदेशका कारण सत्ता बाहिर पुगेको ठाकुर पक्षको बैठक बबरमहल स्थित पार्टी कार्यालयमा दिउँसो १ बजे बस्न लागेको हो ।
विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति बनाउन बैठक बस्न लागेको एक नेताले बताए । सर्वोच्च अदालतको आदेशपछि मंगलवार जसपा सत्ताबाट अलग भएको थियो ।
सर्वोच्चको आदेशबाट पदमुक्त भएका मन्त्रीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भविष्यमा सहकार्य हुने आश्वासन दिएका थिए । पार्टीभित्र देखिएको विबादमा विषयमा पनि बैठकमा छलफल हुने जसपा स्रोतले बतायो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० असार २०७८, १० : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै
समाजवादी युवा सङ्घका केन्द्रीय अध्यक्ष नै जसपा नेपालमा
जसपा नेपालको कोशी र मधेश प्रदेश समितिमा नयाँ नेतृत्व