खहरे खोलाले बगाउँदा मृत्यु

रासस

बुधबार, ०९ असार २०७८, २० : १४
खहरे खोलाले बगाउँदा मृत्यु

सांकेतिक तस्वीर

काठमाडौं । खहरे खोलाले बगाउँदा  आज एक पुरूषको मृत्यु भएको छ । मृत्यु हुनेमा  लमही नगरपालिका — ३ फल्कापुर निवासी ३५ वर्षीय मणिराम चौधरी छन् । 

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार लगातार वर्षापछि फल्कापुरदेखि  माथि खहरे खोला बढेर बगाउँदा गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा लमही अस्पतालमा  आज साँझ ५ बजेतिर मृत्यु भएको  हो ।

उनी खेतको कामबाट फर्किने क्रममा खोलाले बगाउँदा गम्भीर घाइते भएका थिए । शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस