भारतमा कोरोना संक्रमितको संख्या तीन करोड नाघ्यो

एजेन्सी

बुधबार, ०९ असार २०७८, ११ : २२
भारतमा कोरोना संक्रमितको संख्या तीन करोड नाघ्यो

भारतमा पछिल्लो २४ घण्टामा ५० हजार ८ सय ४८ कोरोना संक्रमित थपिएका छन्। योसँगै भारतमा कोरोना संक्रमितको संख्या तीन करोड नाघेको छ।

अहिलेसम्म भारतमा ३ करोड २८ हजार ७ सय ९ जनामा संक्रमण पुष्टि भएको र ती मध्ये २ करोड ८९ लाख ९४ हजार ८ सय ५५ जना संक्रमणमुक्त भएको सरकारी तथ्यांक छ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घण्टाको अवधिमा ६८ हजार ८ सय १७ जना संक्रमणमुक्त भएका छन् भने १३ सय ५८ जनाको मृत्यु भएको छ।

कुल संक्रमित मध्ये ३ लाख ९० हजार ६ सय ६० जनाले ज्यान गुमाएका छन्।अहिले भारतमा ६ लाख ४३ हजार भन्दा धेरै सक्रिय संक्रमित रहेका मन्त्रालयले बुधबार जानकारी दिएको छ। 

प्रतिक्रिया दिनुहोस