चितवनको विकासमा ओली सरकार बाधक : प्रचण्ड (भिडियोसहित)

प्रकाश सिग्देल

मंगलबार, ०८ असार २०७८, १८ : २५
चितवनको विकासमा ओली सरकार बाधक : प्रचण्ड (भिडियोसहित)

चितवन । चितवनको विकासमा वर्तमान सरकारले चासो नदिएको पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् ।

जिल्लामा पछिल्लो विपदबाट भएको क्षतिबारे सरकारी अधिकारीहरुबाट जानकारी लिएपछि उनले अहिलेको ओली नेतृत्वको सरकारले प्रचण्डको निर्वाचन क्षेत्र चितवन भएकै कारणले बजेट र विकास नदिएको बताए । “चितवनको विकास निर्माणको काममा अहिलेको सरकारलाई सकारात्मक बनाउन सकिन, उनले भने, पार्टी एकता गर्दा बामपन्थीहरुको बहुमतको सरकार बनाउँदा ठूलो उत्साह,उमग थियो तर विविध कारणले अन्तरविरोध भएपछि सरकारले चितवनलाई हेपेको छ ।”

अहिलेको सरकार चितवन भनेको प्रचण्डको हो र त्यहाँ विकास सुरक्षा भए फाइदा प्रचण्डले लिन्छन भन्ने भ्रममा रहेको आरोप समेत लगाए । त्यस्तै पुुरानो निकुञ्ज ऐनले समेत विकासका कार्य रोकेको उनकोे भनाई थियो । समय परिवर्तन हुँदा पनि ऐन परिवर्तन नभएको र केही फेरवदलका लागि सुरुवात भएपनि कछुवाको गतीमा रहेको उनकोे भनाई थियो ।

आफ्नो निर्वाचन क्षेत्र भएकाले जिल्लामा आएर पीडा राखेको बताउँदै उनले यहाँका समस्या गम्भिरतापूर्वक आँफूले लिएको र सरकारले चितवनको विकासका लागि नीति तथा बजेट बढाउनै पर्नेमा जोड दिए । सरकारले नदि नियन्त्रणका लागी उचित बजेट दिन नसक्दा भरतपुरका जनताले नारायणीको बाढीको सास्ती खेप्न बाध्य भएको पनि उनकोे भनाई थियो ।  

आफु प्रधानमन्त्री हुँदा नै जनताको तटबन्द्ध कार्यक्रम सुरु गरेर नदिको किनारा लाई व्यवस्थित गर्न सुरु गरेको र पछिल्ला सरकारहरुले उचित बजेट नदिदा समस्या भएको उनको तर्क छ ।

तर पनि बाढीबाट जनता बचाउने र नारायणी राप्ती, माडीको रिउ खोलामा तटवन्धनको काम अघि बढाउने गरी पहल गर्ने उनको भनाई छ । 

(भिडियो)

 

प्रतिक्रिया दिनुहोस