काठमाडौँ । दुई चिरामा विभाजन भएको जनता समाजवादी पार्टी (जसपा) को विवाद निरुपण तर्फ निर्वाचन आयोगले प्रक्रियामा अगाडी बढाएको छ । आयोगले आइतबार जसपाका अध्यक्ष महन्थ ठाकुरलाई लिखित जवाफ पेस गर्न १५ दिन समय दिएको छ ।
जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले शुक्रबार दलको आधिकारिताको मागदाबी गर्दै आयोगमा निवेदन दिएका थिए । मागदाबी आइसकेपछि आयोगले अर्को पक्षसग मागदाबी गर्दा पेस भएका कागजात तथा प्रमाणको प्रतिलिपि पठाएर लिखित जवाफ माग्नुपर्ने कानुनी प्रावधान छ । राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ मा विवाद निरूपणसम्बन्धी कार्यविधि छ ।
आधिकारिकता मागदाबी गर्ने पक्षले केन्द्रीय समितिको ४० प्रतिशत सदस्यको हस्ताक्षरसहित अयोगमा निवेदन दिनुपर्छ । यादवले ५१ सदस्यीय कार्यकारिणी समितिमा रहेका ३० जनाको हस्ताक्षरसहित दलको आधिकारिता आफूले पाउनुपर्ने मागदाबी गरेका छन् । आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले विवाद निरूपणका लागि ऐनले तोकेको कार्यविधिअनुसारको प्रक्रिया थालनी भएको बताए ।
यसअघि गत माघमा तत्कालीन नेकपामा विवाद चुलिएपछि पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले केन्द्रीय समितिको बहुमत सदस्यको हस्ताक्षरसहित दलको अधिकारिकताको मागदाबी गर्दै आयोगमा निवेदन दिएका थिए । तर, प्रक्रियामै प्रवेश नगर्दा आयोगमाथि प्रश्न उठेको थियो ।
जसपामा आफूहरूको बहुमत रहेको भन्दै यादवले ऐनको दफा ४३ (ग) बमोजिम दलको पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिकताको विषयमा निर्णय गरिदिन आयोगलाई आग्रह गरेका छन् । ठाकुर पक्षले पाएको १५ दिनको समयमा जवाफ दिन नभ्याएर समय माग गरे आयोगले थप १० दिन दिन सक्नेछ । त्यसपछि आयोगले दुवै पक्षलाई सहमति गर्ने अवसर पनि प्रदान गर्नुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ असार २०७८, ०९ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै