काठमाडौं । बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या पछिल्लो २४ घण्टामा तीन हजार ६४१ पुगेको छ । यो अवधिमा महामारीबाट थप मृत्यु भएका व्यक्तिको सङ्ख्या ८२ रहेको सरकारी तथ्याङ्कमा उल्लेख छ ।
बङ्गलादेशको स्वास्थ्य महानिर्देशनालयका अनुसार अहिलेसम्म कूल आठ लाख ५१ हजार ६६८ जनामा सङ्क्रमण पुष्टि भएको छ भने १३ हजार ५४८ जनाको मृत्यु भएको छ ।
सरकारी अधिकारीले एशियाली यस मुलुकमा आइतबार बिहान ८ः०० बजेसम्मको पछिल्लो २४ घण्टाको अन्तरालमा कूल २२ हजार २३१ जनाको कोभिड–१९ परीक्षण गरिएको जनाएका छन् ।
बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमण भई निको हुने नागरिकको सङ्ख्या सात लाख ८२ हजार ६५५ रहेको छ । योमध्ये आइतबार दुई हजार ५०९ जना कोभिडबाट मुक्त भएका छन् ।
आधिकारिक तथ्याङ्क अनुसार बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको मृत्यु दर हाल १.५९ रहेको छ भने निको हुनेको दर ९१.९० रहेको छ । बङ्गलादेशमा अप्रिल ७ मा सबभन्दा बढी दैनिक नयाँ सङ्क्रमित (सात हजार ६२६) भेटिएका थिए भने अप्रिल १९ मा कोभिडका कारण सबैभन्दा बढी ११२ जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०६ असार २०७८, २० : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बङ्गलादेशका विदेश सचिव मोमेन काठमाडौँ आइपुगे
बङ्गलादेशमा निर्वाचनः कडा सुरक्षाबीच मतदान जारी, विपक्षीको बहिस्कार
त्रिपक्षीय सम्झौतामार्फत नेपालको बिजुली बङ्गलादेश लगिने
बङ्गलादेशले अस्ट्रेलियालाई दियो ३ सय ७ रनको लक्ष्य
बङ्गलादेशबाट एकैपटक करिब २ सय जना पर्यटक नेपाल भित्रिए, पञ्चेबाजासहित स्वागत
अफगानिस्तानले सजिलै जित्यो बङ्गलादेशविरुद्वको शृङ्खला