चितवन । भरतपुर महानगरपालिकाले चालु आर्थिक वर्षको फ्रिज नहुने वाहेकका अन्य भुक्तानी यहि असार २४ गतेभित्र गर्न आग्रह गरेको छ ।
महानगपालिकाको एक सुचना प्रकाशित गरि सम्पुर्ण महाशाखा, शाखा र वडा कार्यालयहरुलाई नियम अनुसार तोकिएको समय भित्र भुक्तनी गरि लेखा अध्यावधिक गर्न आग्रह गरेको हो ।
भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाद्धारा जारी सुचनामा आर्थिक तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० मा आर्थिक वर्ष समाप्त हुनु अघि भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्थाको उपनियम ७ मा प्रदेश तथा स्थानीय तहको बिनियोजन ऐनले फ्रिज नहुने भनि तोकेको खर्च शिर्षकको हकमा वाहेक अन्य बजेट शिर्षक अन्तरगत पर्ने भुक्तानी दिनुपर्ने रकम आर्थिक वर्ष समाप्त हुनुभन्दा सात दिन अगाडी भुक्तानी दिई लेखा अध्यावधि गरि भुक्तानी निकासा बन्द गर्नुपर्ने स्पष्ट व्यवस्था रहेकोले सोहि अनुसार गर्न महानगर अन्तरगतका निकायहरुलाई अनुरोध गरेको हो ।
महानगरपालिकाको आ.व. २०७७÷७८ को सम्पुर्ण भुक्तानी सम्बन्धका कागजातहरु असार २४ गते साँझ ४ बजेभित्र अनिवार्य भुक्तानी लिनको लागि पनि सम्वन्धित पक्षलाई आग्रह गरेको छ ।
उक्त समयावधि भित्र पेश नभएका कागजातहरुको भुक्तानी दिन महानगरपालिका असमर्थ रहने भरतपुर महानगरपालिकाका लेखा अधिकृत जगन्नाथ अर्यालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ असार २०७८, २२ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरबाट रेनु दाहालले दिइन् राजीनामा
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय भवनको ‘प्रचण्ड’ले गरे उद्घाटन
भरतपुर महानगरपालिका तोडफोडको प्रयास, प्रहरीले हान्यो अश्रुग्यास
भरतपुर महानगरपालिकाद्वारा विपद्का उद्धार सामग्री हस्तान्तरण
‘आत्मनिर्भर भरतपुर’ को रोडम्याप : कृषि, रोजगारी र सुशासनमा दूरदर्शी योजना