चन्द्रागिरिमा रक्तदान

रासस

शनिबार, ०५ असार २०७८, २० : ४६
चन्द्रागिरिमा रक्तदान

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को चन्द्रागिरी नगर कमिटीले कोभिड–१९ का सङ्क्रमितका लागि रक्तदान कार्यक्रम आयोजना गरिएको छ । 

‘रक्तदान जीवन दान’ भन्ने नारासहित आयोजित रक्तदान कार्यक्रममा सयभन्दा बढीले रक्तदान गरेको माओवादी केन्द्र, चन्द्रागिरिका सदस्य शशी गिरीले जानकारी दिए । रक्तदान गर्नेलाई पार्टीका केन्द्रीय सदस्य हितमान शाक्यले प्रमाणपत्र प्रदान गरेका थिए ।