तुलसीपुर । अवैध रुपमा सालको काठ ओसारेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरी काठ पनि बरामद गरेको छ ।पक्राउ पर्नेमा रोल्पा रुन्टीगढी गाउँपालिका—२ का २१ वर्षीय महेश पुन, सोही ठाउँका २८ वर्षीय वसन्त क्षेत्री, २२ वर्षीय विनोद पुन र २८ वर्षीय सुशिल घर्तीमगर रहेका छन् ।
दाङको गढवा गाउँपालिका–५ कक्रहवाबाट अवैध रुपमा सालको काठ चोरी निकासी भइरहेको प्राप्त सूचनाका आधारमा खटिएको प्रहरी टोलीले गएराति कोइलाबासदेखि गढवातर्फ अवैधरुपमा सालको काठ ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राजकुमार भट्टले जानकारी दिए ।
उनका अनुसार भे १ च १८२१ नंम्बरको बोलेरो पिकअप गाडीमा २६ थान ४५.४९ क्युफिट काठसहित उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरीले बरामद काठसहित चारै जनालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय देउखुरी पठाएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०४ असार २०७८, १८ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
३ किलो ४ सय ग्राम कोकिनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ३६ लाख ठगी, दुई जना पक्राउ
मानव बेचबिखनका आरोपी १६ वर्षपछि पक्राउ
गोली हानेर ब्राउन सुगर बोक्ने २ जना पक्राउ