तुलसीपुर । अवैध रुपमा सालको काठ ओसारेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरी काठ पनि बरामद गरेको छ ।पक्राउ पर्नेमा रोल्पा रुन्टीगढी गाउँपालिका—२ का २१ वर्षीय महेश पुन, सोही ठाउँका २८ वर्षीय वसन्त क्षेत्री, २२ वर्षीय विनोद पुन र २८ वर्षीय सुशिल घर्तीमगर रहेका छन् ।
दाङको गढवा गाउँपालिका–५ कक्रहवाबाट अवैध रुपमा सालको काठ चोरी निकासी भइरहेको प्राप्त सूचनाका आधारमा खटिएको प्रहरी टोलीले गएराति कोइलाबासदेखि गढवातर्फ अवैधरुपमा सालको काठ ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राजकुमार भट्टले जानकारी दिए ।
उनका अनुसार भे १ च १८२१ नंम्बरको बोलेरो पिकअप गाडीमा २६ थान ४५.४९ क्युफिट काठसहित उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरीले बरामद काठसहित चारै जनालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय देउखुरी पठाएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०४ असार २०७८, १८ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डकैतीमा संलग्न रहेको आरोपमा चारजना पक्राउ
युवकको हत्या अभियोगमा दुई जना पक्राउ
स्रोत नखुलेको १४ लाख नगदसहित युवक पक्राउ
लागूपदार्थसहित विभिन्न स्थानबाट सोह्र जना पक्राउ
नवलपरासीमा माओवादी उम्मेदवारमाथि कुटपिट गर्ने रास्वपा कार्यकर्ता पक्राउ
ठगी गरेको अभियोगमा तीन जना पक्राउ