कोपा अमेरिका फुटबलमा ब्राजिलले निकाल्यो लगातार दोश्रो जित

एजेन्सी

शुक्रबार, ०४ असार २०७८, ०९ : २४
कोपा अमेरिका फुटबलमा ब्राजिलले निकाल्यो लगातार दोश्रो जित

एजेन्सी । कोपा अमेरिका फुटबलमा ब्राजिलले लगातार दोस्रो जित निकालेको छ । शुक्रबार बिहान भएको खेलमा पेरुलाई ४–० गोल अन्तरले पराजित गर्दै ब्राजिलले लगातार दोस्रो जित निकालेको हो । ब्राजिलका लागि एलेक्स सान्ड्रो, नेइमार, एभर्टन र रिचार्लीसनले एक-एक गोल गरे।

पहिलो खेलमा ब्राजिलले भेनेजुएलालाई ३-० गोल अन्तरले पराजित गरेको थियो। यस्ते समूह बी अन्तर्गत नै भएको खेलमा कोलम्बिया र भेनेजुएलाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।

प्रतिक्रिया दिनुहोस