काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफ्नो सरकार टिकाउन जनता समाजवादी पार्टी (जसपा) भित्रको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षलाई आफ्नो पक्षमा पारेपछि विभाजित जसपाको आधिकारिकतामा निर्वाचन आयोगले गत जेठ ३० मा दिएको निर्णयले आयोगको निश्पक्षतामा प्रश्न उठिरहेको छ ।
५१ जना केन्द्रीय कार्यकारिणी समिति सदस्यमध्ये ३१ जना उपेन्द्र बाबुराम पक्षमा भएर आयोगमा निवेदन दिँदा समेत एक अर्काले गरेका कारवाही वैद्यता नदेखिएको भन्दै आयोगले निर्णय लिएको थियो । ठिक नेकपा शैलीमा आयोगले निर्णय लिएको भन्दै यसको निश्पक्षतमा धेरैले प्रश्न उठाए । उपेन्द्र बाबुराम पक्षले यस विरुद्द सर्वाेच्चमा रिट हाल्न जाने सम्मको चेतावनी दिए । अध्यक्ष उपेन्द्र यादवले विज्ञप्ती नै जारी गरेर आयोगको निर्णयमा कानुनी र राजनीतिक संर्घषको विधिबाट उपचार खोजिने पनि जनाएका थिए ।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले त जसपाको विवादमा आयोगले गरेको निर्णय र तत्कालिन नेकपाको निर्णय सम्मलाई दाँजेर आयोग प्रधानमन्त्री केपी ओलीको कठपुतली नै बनेको आरोप लगाएका थिए । त्यसपछि भने जसपाको महन्थ राजेन्द्र पक्षले केन्द्रीय कार्यकारिणी समिति सदस्य नै थप गरेर आयोगमा नामावली पठायो । उपेन्द्र बाबुरामले भने केन्द्रीय कार्यकारिणी समिति बैठक बोलाएको थियो ।
हिजो विहिवार बसेको जसपाको उपेन्द्र बाबुराम समुहले निर्वाचन आयोगमा फेरि एकपटक आधिकारिकता दावी गर्न निवेदन दिने निर्णय गरेको छ । बैठकपछि जसपा नेता गंगा श्रेष्ठले सफलखवरसँग पार्टी निर्णय सुनाउँदै भने,–‘जसपाभित्र उत्पन्न विवाद निरुपणका लागि राजनीतिक दल सम्बन्धि ऐन २०७३ को दफा ४३ र ४४ बमोजिम दलको बहुमतको निर्णय कार्यान्वयन तथा पार्टीलाई ऐन, नियम र विधानसम्मत सञ्चालन गर्न गराउन निर्वाचन आयोगको मिति २०७८-२-३० को निर्णयले बाधा उत्पन्न भएकाले आधिकारिकताका लागि निर्वाचन आयोगमा लिखित दाबीसहितको निवेदन दिने ।’
उपेन्द्र बावुराम पक्ष आज नै निवेदन बोकेर निर्वाचन आयोग जाने तयारीमा जुटेको छ । जसपाले लुम्बिनी प्रदेश सभाका सदस्यहरु सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, कल्पना पाण्डे लम्साल र सुमन शर्मा रायमाझीलाई राजनीतिक दल सम्बन्धि ऐन २०७३ को दफा २८ को उपदफा ३ बमोजिम स्पष्टीकरण समेत सोधेको छ । स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नआएमा ऐन र विधान अनुसार आवश्यक कारबाही गर्ने निर्णय पनि जसपाले गरेको श्रेष्ठले बताए ।
केन्द्रीय कार्यकारिणी र केन्द्रीय समिति सदस्यहरुको कार्यबिभाजनका लागि ठोस प्रस्ताव तयार गर्न ७ सदस्यीय कार्यदल समेत जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले गरेको छ । जसमा, मृगेन्द्रसिंह यादव, हिसिला यमी, रेणु यादव, गंगा श्रेष्ठ, रामसहाय यादव, रणध्वज कन्दङ्वा र इस्तियाक राई रहेको कार्यदल गठन गरिएको छ । कार्यदललाई ७ दिनभित्र प्रतिवेदन बुझाउन निर्देश बैठकले गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ असार २०७८, ०८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै