काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई सरकारको राम्रा कामको प्रचार गर्न निर्देशन दिएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बुधबारको बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘सरकारविरुद्ध कुप्रचार गर्नेविरुद्ध प्रतिवादमा उत्रनूस्।’ प्रधानमन्त्री ओलीले राम्रो कामको खुलेर प्रचार गर्दै अघि बढ्न मन्त्रीहरुलाई निर्देशन दिए ।
प्रधानमन्त्रीले भने, ‘हरेक मन्त्रीहरूलाई सरकारको कामको प्रचार गर्न, विरोधीको खण्डन गर्न र आफ्ना काम र उपलब्धीहरूको डिफेन्ड गर्न अनुरोध छ ।’
सरकारको विरोध गर्दागर्दै लामो समय कटाएको भएपनि केहीले सरकार ढाल्न नसकेर अदालतको सहारा लिन पुगेको उनको टिप्पणी थियो ।
प्रधानमन्त्रीले अघिल्ला वर्ष झैं तराईका जिल्लामा यस वर्ष डुबानमा नपर्ने बताए । ओलीले भने, ‘सिमावर्ती क्षेत्रका बाँध, जसबाट नेपालको भूमि डुबानमा परेको छ त्यो कुरा संयुक्त टोलीले हेर्ने विषयतर्फ कार्य गर्न सक्छौँ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ असार २०७८, १६ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सदस्यता व्यवस्थापन केन्द्रित एमालेको राष्ट्रिय कार्यशालामा ओलीको सहभागिता रहने
नयाँ र पुरानाको नाममा नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र जारी छ : ओली
ओलीलाई अष्टलक्ष्मीको सुझाव- ‘यही बैठकबाट बिदा लिनुस्
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश
ओली र लेखकको हिरासत अवधि पाँच दिन थप