काठमाडौं । जनता समाजवादी पार्टी नेपाल जसपाका अध्यक्ष उपेन्द्र यादवले बोलाएको केन्द्रीय कार्यकारिणी समिति बैठक आज बस्ने भएको छ।
पार्टीकै अर्का अध्यक्ष महन्थ ठाकुरले आजको बैठकलाई अवैधानिक भएको भन्दै सहभागी नहुन अपिल गरेपनि यादवले बोलाएको बैठक बस्न लागेको हो । वर्तमान राजनीतिक परिस्थितिबारे छलफल गरी महत्वपूर्ण निर्णय लिनुपर्ने भएको भन्दै अध्यक्ष यादवले आज साढे ११ बजे बस्ने गरी बैठक बोलाएका हुन् ।
बैठक जसपाको केन्द्रीय कार्यालय ललितपुरस्थित बालकुमारीमा बस्ने बताईएको छ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा ठाकुर पक्ष सहभागी भएपछि जसपा दुई खेमामा बाँडिएको छ ।
अर्का अध्यक्ष यादवले यो ओली नेतृत्वको सरकारले प्रतिगमन गरेको भन्दै विरोध गर्दै आईरहेको छ भने ठाकुर पक्ष आफुहरुको माग प्रधानमन्त्री ओलीले पुरा गरेको बताउदैं नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा सहभागी भएका छन् । दुवै पक्ष बिच विवाद बढ्दा कानुनी रुपमै समस्या समाधानका लागि निर्वाचन आयोगमा विवाद पुगेपनि कुनै टुंगो लाग्न सकेको छैन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ असार २०७८, ०९ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै
समाजवादी युवा सङ्घका केन्द्रीय अध्यक्ष नै जसपा नेपालमा