६ देशमा हवाई उडान सञ्चालन हुने, सातामा दुई हजार यात्रु उडान गर्न सक्ने

कुल १५ दिन बस्नुपर्ने क्वारेन्टाइनका लागि १० दिनसम्मको खर्च सरकारले व्यवस्थापन गर्ने

सफल खबर संवाददाता

विहीबार, ०३ असार २०७८, ०७ : ४४
६ देशमा हवाई उडान सञ्चालन हुने, सातामा दुई हजार यात्रु उडान गर्न सक्ने

काठमाडौं । सरकारले विभिन्न ६ देशमा हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको छ । कोभिड १९ व्यवस्थापन निर्देशक समिति (सीसीएमसी)को दोस्रो बैठकले संक्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्ति सहित ‘स्मार्ट लक डाउन’तर्फ जाने निर्णय गदै त्यस्तो निर्णय गरेको हो ।

Yeti Diistillery Tansen Cement box

प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसेको बैठकले नेपाली श्रमिक अधिक संख्यामा रहेका टर्की, कतार, साउदी अरेबिया, युएई , जापान र मलेशिया जस्ता देशहरुमा हवाई उडान पुनः संचालन गर्ने निर्णय गरेको हो ।

यि देशहरुबाट सातामा दुई हजार जना यात्रु भन्दा नबढने गरी हवाई उडान सञ्चालन गर्ने निर्णय भएको हो ।  वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले  होटलमा क्वारेन्टाइनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णय समेत गरेको छ । कुल १५ दिन बस्नुपर्ने क्वारेन्टाइनका लागि १० दिनसम्मको खर्च सरकारले व्यवस्थापन गर्ने निर्णय पनि सिसिएमसीको बैठकले गरेको छ । 

प्रतिक्रिया दिनुहोस