काठमाडौँ । नेकपा एमालेका नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।
डा. भट्टराई उनलाई भेट्न वुधबार नेपाल निवास कोटेश्वर पुगेका थिए । यस अघि सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि नेपाललाई भेट्न उनको निवास पुगेका थिए । विपक्षी गठबन्धनका शीर्ष नेताहरुले लगातार माधवकुमार नेपाललाई भेटिरहेका छन् ।
विपक्षी पाँच दलबीच चुनावसम्मकै लागि गठबन्धन बनाएर जाने सहमति भैरहेका कारण शीर्ष नेताहरुले माधव नेपाललाई भेट गरिरहेका बुझिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताको प्रस्ताव अघि बढाइरहेका कारण विपक्षी शीर्ष नेताले माधव नेपाललाई लगातार भेट गरेका हुन् । विपक्षी शीर्ष नेताहरुहरुलाई माधव नेपाललाई चुनावसम्म गठबन्धन बनाएर जान भनिरहेका छन् ।
यसैका कारण माधव नेपाललाई नेताहरुले भेटवार्ता गरिरहेका हुन् । माधव नेपाललाई दोस्रो तहका एमालेका नेताहरुले प्रधानमन्त्री केपी ओलीसँग एकता गर्न दबाब बढाइरहेका छन् । जसका कारण माधव नेपाल यतिबेला रनभुल्लमा परेका छन् । एकातिर विपक्षी गठबन्धनको दबाब अर्कोतर्फ एमालेका दोस्रो पुस्ताको नेताको दबाबका कारण माधव नेपाल पछिल्लो समय थप तनावमा परेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ असार २०७८, १९ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड
प्रधानमन्त्रीको अभिव्यक्तिले सरकार टिक्दैन कि भन्ने प्रश्न उठाएको छः माधवकुमार नेपाल
राजनीतिक दल र नेताहरूलाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई माधव नेपालको सुझाव