काठमाडौँ । नेकपा एमालेका नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।
डा. भट्टराई उनलाई भेट्न वुधबार नेपाल निवास कोटेश्वर पुगेका थिए । यस अघि सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि नेपाललाई भेट्न उनको निवास पुगेका थिए । विपक्षी गठबन्धनका शीर्ष नेताहरुले लगातार माधवकुमार नेपाललाई भेटिरहेका छन् ।
विपक्षी पाँच दलबीच चुनावसम्मकै लागि गठबन्धन बनाएर जाने सहमति भैरहेका कारण शीर्ष नेताहरुले माधव नेपाललाई भेट गरिरहेका बुझिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताको प्रस्ताव अघि बढाइरहेका कारण विपक्षी शीर्ष नेताले माधव नेपाललाई लगातार भेट गरेका हुन् । विपक्षी शीर्ष नेताहरुहरुलाई माधव नेपाललाई चुनावसम्म गठबन्धन बनाएर जान भनिरहेका छन् ।
यसैका कारण माधव नेपाललाई नेताहरुले भेटवार्ता गरिरहेका हुन् । माधव नेपाललाई दोस्रो तहका एमालेका नेताहरुले प्रधानमन्त्री केपी ओलीसँग एकता गर्न दबाब बढाइरहेका छन् । जसका कारण माधव नेपाल यतिबेला रनभुल्लमा परेका छन् । एकातिर विपक्षी गठबन्धनको दबाब अर्कोतर्फ एमालेका दोस्रो पुस्ताको नेताको दबाबका कारण माधव नेपाल पछिल्लो समय थप तनावमा परेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ असार २०७८, १९ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेसँग एकता सम्भव छैन: माधव नेपाल
देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर भौँतारिनुपर्ने स्थिति बनिरहेको छ : माधव नेपाल
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह
माधव नेपालको लज्जास्पद हार