काठमाडौं । भारी वर्षासँगैको बाढीपहिरोले हिमाली जिल्ला मनाङका एकअर्का गाउँसँगको सम्पर्क नै बिच्छेद गराइदिएको छ । पहिरो र कटानले ठाउँठाउँमा आउजाउ रोकिएको छ भने सबैभन्दा बढी जोखिममा परेको तालगाउँसम्म आउजाउ निकै नै कठिनपूर्ण बनेको प्रहरीले बताएको छ । तालगाउँसम्म थप जनशक्ति पठाउन पनि सकिने अवस्था नरहेको प्रहरीले बताएको छ ।
मनाङका प्रहरी प्रमुख डिएसपी सुवास खड्काका अनुसार मानवीय क्षति हुनबाट रोकेपनि भौतिक क्षति भएको बताए । उनका अनुसार सदरकुमाम चामेमा पाँचवटा पक्कि र केही कच्ची घर बाढीमा बगेका छन । राती वर्षा कम हुँदा खोलामा वहाव घटेको भएपनि बिहान फेरि वर्षा सुरु भएपछि वहाव बढ्न थालेको छ ।
सबैभन्दा बढी घर नासोँ गाउँपालिका–१ तालमा डुबानमा परेका थिए । तालमा झन्डै ६० घर रहेपनि ती सबैजसो घरमा पानी पसेको छ । सञ्चार र सडक सम्पर्क बिच्छेद हुँदा तालसम्म पुग्ने बाटो पनि छैन । तालसम्म पुग्ने सडक पुरै बिच्छेद भएको छ । तीनवटा काठे र २ वटा पक्कि पुल बगेका छन ।
‘हामी स्थानीयसँग बढो कठिनका साथ सम्पर्कमा त छौ । तर, आउजाउ सहज छैन । तत्काल पुग्ने अवस्था नै छैन,’ उनले भने, ‘किनकी त्यहाँसम्म पुग्ने बाटो नै छैन । पुल नै बगेका छन ।’ तालका बासिन्दा पाल टाँगेर बसेको उनले बताए । कपितय आफन्तकहाँ र धारापानीसम्म पुगेर आश्रय लिएको पनि खड्काले बताए । ‘एक गाउँबाट अर्को गाउँसम्म आउजाउ गर्न सहज छैन,’ उनले भने ।
उनका अनुसार २०५३ मा मनाङमा यसैगरि बाढी आएको थियो । सदरमुकाम चामेका बासिन्दालाई हालै निर्माण सकिएको कारागार भवनमा राखिएको उनले बताए । त्यसबाहेक गाउँपालिकाको भवनमा पनि स्थानीयलाई राखिएको छ । घर छाडेका स्थानीय तत्काल फर्किने अवस्था पनि नरहेको उनले बताए । बिस्थापितलाई स्थानीय तहले खानाको व्यवस्था गरेका छन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ असार २०७८, ०८ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या ८११ पुग्यो
श्रीलंकामा बाढीबाट भएको क्षतिप्रति नेपालद्वारा दुःख व्यक्त, २ लाख अमेरिकी डलर सहयोग
श्रीलंकामा भीषण बाढी–पहिरो : १२३ जनाको मृत्यु, १३० जना बेपत्ता
थाइल्यान्ड र मलेसियामा भीषण बाढी : ३० भन्दा बढीको मृत्यु, हजारौँ विस्थापित
आज यी नदीहरूमा आकस्मिक बाढीको जोखिम उच्च
बाढी पूर्वानुमान: मुख्य नदीहरुमा पानीको सतह बढ्ने, स-साना नदीमा आकस्मिक बाढीको जोखिम