काठमाण्डौ । सरकारले आउदो असार १५ गते भित्र एसईईको आन्तरिक मुल्यांकनबाट नतिजा सार्वजनिक गर्न विद्यालयहरुलाई निर्देशन दिएको छ । त्यसका लागि सरकारले नै कार्याविधि नै बनाई सार्वजनिक गरिसकेको छ ।
कार्यविधिमा विद्यार्थीको मूल्याङ्कन गर्दा विद्यालयले सञ्चालन गरेको कक्षा १० को इकाई, त्रैमासिक, अर्धवार्षिक र अन्तिम परीक्षामा प्राप्त गरेको प्राप्ताङ्कहरु र विषय शिक्षकद्वारा कक्षामा गरिएको निर्माणात्मक मूल्याङ्कनको आधारमा अङ्क दिने व्यवस्था गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डकाअनुसार प्रयोगात्मक परीक्षाका लागि छुट्याइएको पूर्णाङ्कका आधारमा विद्यालयहरूले सञ्चालन गरेको प्रयोगात्मक परीक्षामा प्राप्त गरेको प्राप्ताङ्कलाई नै मानिने छ ।
बोर्डले सार्वजनिक गरेको कार्यविधिमा कुनै विषयमा ८० प्रतिशतभन्दा बढी प्राप्ताङ्क दिएमा अनिवार्य कारण खुलाउनुपर्ने व्यवस्था गरिएको छ । शिक्षकहरुले बढाइचढाइ अङ्क दिने प्रवृत्तिलाई रोक्न केही कसिलो प्रावधान राखिएको बोर्डले जनाएको छ ।
विद्यार्थीहरुको प्रयोगात्मक प्राप्ताङ्क चढाउँदा सम्बन्धित विद्यालयहरुले यस अगाडि नै प्रयोगात्मक परीक्षा सञ्चालन गरी शिक्षा विकास तथा समन्वय इकाईमा पठाएको विवरणअनुसार अङ्क चढाउनुपर्नेछ । प्रयोगात्मक अभ्यास हुने विषयतर्फ विद्यालयले यसअघि सञ्चालन गरिएको परीक्षाका आधारमा ५५ प्रतिशत अङ्क प्रदान गर्नेछ । २० प्रतिशत पूर्णाङ्कमा विषय शिक्षकले मूल्याङ्कन गर्नेछन् ।
प्रयोगात्मक अभ्यास नहुने विषयमा भने विद्यालयले लिएको परीक्षाको आधारमा ७५ प्रतिशत अङ्क दिन पाउनेछन् । कक्षा सहभागिता, कक्षाकार्य, परियोजना कार्य, गृहकार्य, सामुदायिक कार्य, अतिरिक्त क्रियाकलाप, प्रस्तुतीकरण, सामूहिक कार्य, लिखित तथा मौखिक इकाई परीक्षाहरू आदिको विद्यालयमा भएको रेकर्ड वा अभिलेखको आधारमा विषय शिक्षकले निर्माणात्मक मूल्याङ्कन गरी प्राप्ताङ्क विवरण तयार गरी प्रधानाध्यापकलाई पेस गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।
असार अन्तिमसम्ममा सबै जिल्लाबाट अभिलेख आए त्यसको १५ दिनभित्र एसईईको अन्तिम नतिजा प्रकाशन गर्ने र प्रमाणपत्र जारी लगायतको काम गर्न सकिने बोर्डले जनाएको छ । कोरोनाका कारण गएको जेठ १३ गतेदेखि सञ्चालन हुने भनिएको एसईई स्थगित भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ असार २०७८, १० : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसईईको मौका परीक्षा २९ साउनदेखि
एसईई नतिजा सकेसम्म आजै प्रकाशित हुन्छ : बोर्ड अध्यक्ष शर्मा
एसईई नतिजा प्रकाशनको तयारीमा बोर्ड, बोलाइयो बैठक
एसईईमा समावेश हुनका लागि रजिस्ट्रेसन फाराम भर्ने म्याद पुनः थप
सकियो यस वर्षको एसईई, नतिजा असार ७ भित्रै
एसईईमा अमर्यादित काम गर्ने केन्द्राध्यक्षसहित सबै निरीक्षक हटाइयो