झापा । सवारी दुर्घटनामा पति गुमाएर माइतीको संरक्षणमा पुगेकी शिवसताक्षी नगरपालिका–११ की एकल महिला भीमाकुमारी चौधरी राईलाई नेपाली कांगेसले आर्थिक सहयोग जुटाएर घर बनाइदिएको छ ।
एकतले पक्की घरको निर्माणकार्य सम्पन्न भइसकेको हुँदा अब रङरोगन गरेर हस्तान्तरण गर्न मात्र बाँकी छ । घर निर्माणमा रु १४ लाख खर्च भएको छ । नेपाली कांग्रेस शिवसताक्षी नगर समिति र पार्टीको वडा नं ११ समितिले संयुक्तरूपमा घर निर्माण गरेका हुन् ।
स्थानीय रामबहादुर चौधरीसँग विसं २०५९ मा अन्तरजातीय विवाह गरेकी भीमाकुमारीका पतिको एक दशकअघि मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो । भीमाकुमारीका दुई छोरा छोरी छन् । माइतीमा बसेर उनले जनमन गरेर बालबच्चाको पालनपोषण गर्दै आएकी छिन् ।
घरबारविहीन भएका कारण उनको घर निर्माणमा पार्टीले अग्रसरता लिएको जनाउँदै कांग्रेस शिवसताक्षी नगर समितिका सभापति परशुराम ढुङ्गानाले आगामी विपी जयन्तीमा भीमाकुमारीलाई घर हस्तान्तरण गरिने बताए ।
घर निर्माण उपभोक्ता समितिका अध्यक्ष विनोद ढकालले पार्टी परिवार र विदेशबाट शुभेच्छुकहरुले भीमाकुमारीको घर बनाउन आर्थिक सहयोग प्रदान गरेको जानकारी दिए । सोमबार नेपाली कांग्रेसको अष्ट्रेलिया जनसम्पर्क समितिले सो घर निर्माणका लागि रु ५५ हजार सहयोग पठाएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ असार २०७८, ०९ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस केन्द्रीय समिति बैठक आज अन्तिम समयमा आएर स्थगित
कांग्रेस केन्द्रीय समिति बैठक आज, महाधिवेशनबारे छलफल
कांग्रेसमा विशेष महाधिवेशन पक्षधरको भेला सर्यो
सभापतिले दिएको जिम्मेवारी अनुसार अधिवेशनको वातावरण बनाउन खड्कालाई महामन्त्रीद्वयको आग्रह
आगामी पुस १६ मा महाधिवेशन गर्ने कांग्रेस संस्थापन इतरको निष्कर्ष
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै