सातवटै प्रदेशले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै

सफल खबर संवाददाता

मंगलबार, ०१ असार २०७८, ०९ : ०९
सातवटै प्रदेशले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै

काठमाडौं । संवैधानिक व्यवस्था अनुसार सातवटै प्रदेशले आज आगामी आर्थिक वर्ष २०७८-८९ को बजेट सार्वजनिक गर्दैछन् । संवैधानिक व्यवस्था  असार १ गते बजेट ल्याउनैपर्ने भएका कारण आज सातवटै प्रदेशसभामा बजेट प्रस्तुत गर्न लागिएको हो ।

प्रदेश १ र बागमती प्रदेशमा दिउँसो ३ बजे बजेट प्रस्तुत हुँदै छ । प्रदेश २, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा दिउँसो ४ बजे तथा कर्णाली प्रदेशमा दिउँसो १ बजे बजेट प्रस्तुत गर्ने तयारी छ । हिजो मात्रै नीति तथा कार्यक्रम संसद प्रस्तुत गरेको गण्डकी प्रदेश सरकारले पनि आजै बजेट ल्याउँदै छ । बिहान १० बजे बस्ने प्रदेशसभा बैठकबाट नीति तथा कार्यक्रम पारित गरेर ४ बजे बजेट प्रस्तुत गर्ने गण्डकी प्रदेशको तयारी छ ।

गण्डकीमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल आफैंले बजेट प्रस्तुत गर्ने छन् । सातवटै प्रदेशले सरकारको निति तथा कार्यक्रम प्रस्तुत गरिसकेका छन् । 

प्रतिक्रिया दिनुहोस