काठमाडौँ । नेकपा (एमाले)को विवादका कारण सुदूरपश्चिम प्रदेशमा चलेको दोहोरो कारवाहीको क्रम जारी छ । सुदूरपश्चिम प्रदेशको संसदीय दलमा बहुमतमा रहेको एमालेद्वारा कारवाही गरिएका पूर्वनेता माधवकुमार नेपाल पक्षले संस्थापन पक्षका सात प्रदेशसभासद्माथि कारवाही गरेको छ ।
एमालेको केन्द्रमा देखिएको विवादका कारण प्रदेशको सबैभन्दा ठूलो दल दुई धारमा देखिएसँगै एकले अर्कोलाई कारवाही गर्ने सिलसिलाकै क्रममा आज सात सभासद्लाई कारवाही गरिएको हो ।
संसदीय दलद्वारा पठानसिंह बोहरा र रतन थापालाई १५ दिन तथा बलदेव रेग्मी, लीलाधर भट्टराईलाई १० दिन तथा गेल्बुसिंह बोहरा, माया तामाङ र नेपाली चौधरीलाई सात दिनका लागि निलम्बन गरिएको संसदीय दलका नेता प्रकाशबहादुर शाहले जानकारी दिनुभयो ।
संसदीय दलको ह्विप नमानेर सरकारलाई विश्वासको मत नदिएको तथा नीति तथा कार्यक्रम पारित गर्ने बेलामा समेत आपत्ति जनाएकाले कारबाही गरिएको शाहले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ३१ जेठ २०७८, २१ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
मानव अधिकार आयोगको प्रतिवेदनमाथि एमालेको आपत्ति, निष्पक्षतामाथि प्रश्न
लुम्बिनीमा एमालेका चार मन्त्रीले दिएको राजीनामा स्वीकृत